पहिरो पन्छाएपछि मुग्लिन-नारायणगढ सडकमा गाडी चल्न थाल्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
५३ पटक हेरिएको
Shares
पहिरो पन्छाएपछि मुग्लिन-नारायणगढ सडकमा गाडी चल्न थाल्यो

सारांश

  • चितवन ।
  • नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा गएराति खसेको पहिरो पन्छाएपछि आज बिहान साढे ५ बजेदेखि गाडी चल्न थालेको छ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार बिहान ३ बजे पहिरो खसेको थियो ।

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा गएराति खसेको पहिरो पन्छाएपछि आज बिहान साढे ५ बजेदेखि गाडी चल्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार बिहान ३ बजे पहिरो खसेको थियो । तत्काल पहिरो पन्छाउने काम थालिएकाले साढे २ घण्टामा पहिरो पन्छाउन सकिएको हो । राति रोकिएका सवारीसाधन नारायणढतर्फबाट बिहान ४ बजे र मुग्लिनतर्फबाट ५ बजे छाडिने भएपनि पहिरोका कारण केही समय ढिलो मात्र छाडिएको उनले बताए ।

पहिरोले सवारी छोड्न ढिला भएपछि सडकमा सवारीको चाप बढेको छ । आइतबार साँझदेखि रातको समयमा मुग्लिन नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ । सवारी आवागमन रोकिए पनि रातको समयमा समेत तीनवटा र्‍यापिड रेस्पोन्स टिमको व्यवस्था गरिएको छ ।

यसले सडकको अवस्थाबारे राति पनि अनुगमन गर्ने गर्दछ । गएराति पनि दुईवटा एम्बुलेन्सलाई सोही टोलीले सडक पार गराएको थियो । सडकमा पहिरो खस्ने समस्या बढेपछि रातमा आवागमन रोक्नुका साथै सुरक्षा सतर्कता बढाइएको छ । थापाका अनुसार सातजना ट्राफिकसहित ३२ जना प्रहरी थप गरी आरआरटीलाई प्रभावकारी बनाइएको छ ।

तीनवटा आरआरटी टिममध्ये प्रत्येकमा दुईजना प्रहरी, दुईजना सशस्त्र, एक ट्राफिक र एकजना सेफ्टी इञ्जिनियर रहेको उनले जानकारी दिए । तीनवटा टिमले सात÷सात किलोमिटर क्षेत्रको अनुगमन गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आत्मालोचना सहितको नेकपाको सचिवालय बैठकका महत्वपुर्ण निर्णय यस्ता छन्
आत्मालोचना सहितको नेकपाको सचिवालय बैठकका महत्वपुर्ण निर्णय यस्ता छन्
केपी ओली अल्पमतमा पर्ने भएपछि सचिवालय वैठक अवरुद्ध भएको आशंका, छलफलमा जुटे प्रचण्ड, बामदेव र नारायणकाजी
केपी ओली अल्पमतमा पर्ने भएपछि सचिवालय वैठक अवरुद्ध भएको आशंका, छलफलमा जुटे प्रचण्ड, बामदेव र नारायणकाजी
न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने सत्ता साझेदार दलको निर्णय
न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने सत्ता साझेदार दलको निर्णय
एनआईसी एशिया क्यापिटलद्धारा संचालित म्युचुअल फण्डहरुको लाभांश घोषणा
एनआईसी एशिया क्यापिटलद्धारा संचालित म्युचुअल फण्डहरुको लाभांश घोषणा
बर्दिवास महोत्सव फागुन १६ देखि
बर्दिवास महोत्सव फागुन १६ देखि
स्थानीय तहलाई शक्तिशाली बनाई संघीयता खारेज गर्नुपर्छ : चित्रबहादुर केसी
स्थानीय तहलाई शक्तिशाली बनाई संघीयता खारेज गर्नुपर्छ : चित्रबहादुर केसी
प्रधानमन्त्री र अध्यक्ष नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?
प्रधानमन्त्री र अध्यक्ष नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?
गोंगबु हत्या प्रकरण ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’
गोंगबु हत्या प्रकरण ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’
वैशाखअगावै पार्टी एकता–प्रधानमन्त्री
वैशाखअगावै पार्टी एकता–प्रधानमन्त्री
पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चल्ने, स्थानीय सडक पूर्ण बन्द
पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चल्ने, स्थानीय सडक पूर्ण बन्द