चीनको यो निर्णयले अमेरिकालाई झट्का

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १, २०७६
|
|
२९ पटक हेरिएको
Shares
चीनको यो निर्णयले अमेरिकालाई झट्का

सारांश

  • बीबीसी।
  • चीन र सोलोमनबीच राजनीतिक सम्बन्ध स्थापित भएको मात्र एक महिना भएको छ।
  • र, के समाचार छ भने चीनले सोलोमनको तुलागी द्वीप ७५ वर्षसम्मका लागि लीजमा लिने सम्झौता गरेको छ।

बीबीसी। चीन र सोलोमनबीच राजनीतिक सम्बन्ध स्थापित भएको मात्र एक महिना भएको छ। र, के समाचार छ भने चीनले सोलोमनको तुलागी द्वीप ७५ वर्षसम्मका लागि लीजमा लिने सम्झौता गरेको छ। यो सम्झौतालाई अमेरिकालाई झट्काको रुपमा हेरिएको छ। प्रशान्त महासागरको द्विपीय देश सोलोमनको मन्त्रिपरिषदले गत महिना ताइवानसँग चीनका लागि राजीतिक सम्बन्ध समाप्त गर्नेको पक्षमा मतदान गरेको थियो। ताइवानले ३६ वर्ष पुरानो औपचारिक सम्बन्ध रद्द गर्ने फैसला गरेको थियो।

ताइवानका विदेश मन्त्री जोसेफ वुले आफूले द्विपक्षीय सम्बन्ध राम्रोसँग संचालन गर्न नसकेको भन्दै राजीनामा दिएका थिए। सोप्टेम्बरको दोस्रो हप्तामा ताइवान र सोलोमनबीचको सम्बन्ध अन्त्य भयो र पहिलो हप्तामा सोलोमनका विदेश मन्त्री जेरेमिआह म्यानेल ताइवानको भ्रमणमा गएका थिए। उनी ताइवानसँगको राजनीतिक सम्बन्ध अन्त्य गर्ने विषयमा छलफल गर्न गएका थिए। तर छलफल सकारात्मक भएन।

ताइवानका विदेशमन्त्रीले सोलोमनले धोका दिएको बताएका थिए। उनले सोलोमनले ताइवानसँगको सम्झौता तोड्नुलाई चीन जिम्मेवार भएको बताएका थिए। उनले चीनले डलर डिप्लोमेसीमार्फत आफूहरुलाई अलग गर्ने कोशिश गरिरहेको आरोपसमेत लगाएका थिए। ताइवानका विदेश मन्त्री वुले चीनले सोलोमनको मन्त्रिपरिषदलाई पैसाको भरमा आफ्नो पक्षमा पारेको र ताइवानसँग राजनीतिक सम्बन्ध अन्त्य गर्ने पक्षमा मतदान गराएको आरोप लगाएका थिए।

चीनको राष्ट्रिय दिवस एक अक्टोबर भन्दा पहिला ताइवान र सोलोमनबीचको सम्बन्ध अन्त्य भएको थियो। सोलोमन पछि हटेपछि ताइवानसँग अब मात्र १६ देशको राजनीतिक सम्बन्ध छ। अमेरिकाले ताइवानसँग १९७९ मा आधिकारिक सम्बन्ध अन्त्य गरेको थियो। अमेरिकाले ताइवानसँगको सम्बन्ध तोडेपछि चीनसँग राजनीतिक सम्बन्ध स्थापित गरेको थियो। यद्यपी अहिले पनि ताइवान अमेरिकाका लागि निकै खास मानिन्छ।

अनौपचारिक रुपबाट पूर्वी एशियामा ताइवान अमेरिकाको मुख्य सहयोगी हो। २०१६ मा जब साइ इङ–वेन ताइवानका राष्ट्रपति बनिन्, त्यतिबेलादेखि ताइवान र अमेरिकाबीचको सम्भन्ध झन प्रगाढ छ। चीन एक चीन नीतिका कारण ताइवानलाई आफ्नो हिस्सा मान्दै आएको छ। तर ताइवान आफूलाई सार्वभौत सत्ता सम्पन्न मुलुक दाबी गर्दै आएको छ। जब सोलोमनले ताइवानसँगको राजनीतिक सम्बन्ध अन्त्य गर्यो यो अमेरिकाका लागि ठूलो झट्का हो। प्रशान्त महासागरमा चीनको बढ्यो प्रभावलाई सोलोमनले साथ दिनु अमेरिकाका लागि चिन्ताको विषय हो।

रेडियो न्युजिल्याण्ढले १४ अक्टोबरमा पहिलो पटक सोलोमन तुलागी टापुलाई चीनको एक कम्पनीलाई ७५ वर्षका लागि लीजनमा दिन सहमति जनाएको रिर्पोट सार्वजनिक गरेको थियो। यद्यपी रेडियो न्युजिल्याण्डले के पनि भनेको थियो भने यसको आधिकारिक घोषणा भएको छैन र। सोलोमनको सरकारका अनुसार यो करार पूरा भएको छैन।

रेडियो न्युजिल्याण्डका अनुसार सोलोमन आईल्याण्ड्स युथ ग्रुपले बेइजिङको कम्पनी स्याम ग्रुपसँग तुलागी टापुका विषयमा गरिएको डिलको दस्तावेज लिक गराएको थियो। रेडियो दस्तावेजले यो दस्तावेजलाई पुष्टि गर्न सरकारसँग कुरा गरेपछि सोलोमन सेन्ट्रल प्रोभिन्सका प्रीमियर स्ट्यानली म्यानेटिभाले यो सम्झौतामा हस्ताक्षर गरेका थिए।

(www.plu68.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?