हत्याको आरोपीलाई समाउँदा शेरबहादुर देउबा भन्छन् ‘कांग्रेसमाथि प्रहार हुन थाल्यो’

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २, २०७६
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमको पक्षमा उभिएका छन् ।
  • उनले आलमको पक्राउलाई कांग्रेसविरुद्धको षड्यन्त्रको रुपमा समेत चित्रण गरे ।
  • शुक्रबार भक्तपुरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो टिप्पणी गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमको पक्षमा उभिएका छन् । उनले आलमको पक्राउलाई कांग्रेसविरुद्धको षड्यन्त्रको रुपमा समेत चित्रण गरे ।

शुक्रबार भक्तपुरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो टिप्पणी गरेका हुन् । उनले १२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको आरोप लगाए । तर, उनकै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा र पूर्वमन्त्री तथा सांसद गगन थापाले आलमको पक्राउबारे अपराधीलाई उन्मुक्ति दिन नहुने टिप्पणी गरेका छन् ।

हत्या आरोपमा पक्राउ परेका आलम सांसद पदबाट निलम्बनमा परिसकेका छन् । संसद सचिवालयले गत सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको थियो । रौतहट क्षेत्र नं. २ बाट निवार्चित आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ ।

आलम जेल नगएसम्म छोराको किरिया नगर्ने
रौतहटको राजपुरमा १२ बर्षअघि भएको बम कान्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म मारिएको छोराको काजकिरिया गरेका छैनन् ।

अब पनि न्याय नपाएसम्म काजकिरिया नगर्ने उनको अडान छ । राजपुर बम कान्डमा उनका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह मारिएका थिए ।

‘छोराको मृत्यु भएको थाहा छ तर कानुनले अहिलेसम्म लास देखाएको छैन । कसरी काजकिरिया गर्ने’, आँखाभरी आँशु पार्दै श्रीनारायणले भने, न्याय पाउनुर्पयो, जिउँदै छ भने देखाइदिनुर्पयो ।’

२०६४ चैत्र २७ गते साँझ बम विस्फोटमा छोरो मारिएको अनौपचारिक जानकारी प्राप्त भएको र आफूले १२ बर्षदेखि सर्बोच्च अदालतसम्म धाएर न्याय खोजिरहेको बताउँदै सिंहले अब भने न्याय पाउने र छोराको काजकिरीया गर्न पाउने आशा गरेका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?