बिहे गर्दा लाइफ ड्यामेज हुन्छ भन्ने बाबाले नै गरे बिहे
सारांश
- काठमाडौं, ४ कार्तिक ।
- पछिल्लो समय युट्युब लगायत विभिन्न समाजिक संजालहरुमा भाइरल बन्दै आएका अघोरी बाबाले अन्ततः बिवाह गरेका छन् ।
- कार्यक्रमका लागि चितवन जाँदा नजिकैको देवघाट मन्दिर पुगेर नदी किनारबाट आफूले यस अघि नै विबाह गरिसकेको कुरा भिडियो मार्फत् सार्वजानिक गरेका हुन् ।
काठमाडौं, ४ कार्तिक । पछिल्लो समय युट्युब लगायत विभिन्न समाजिक संजालहरुमा भाइरल बन्दै आएका अघोरी बाबाले अन्ततः बिवाह गरेका छन् ।कार्यक्रमका लागि चितवन जाँदा नजिकैको देवघाट मन्दिर पुगेर नदी किनारबाट आफूले यस अघि नै विबाह गरिसकेको कुरा भिडियो मार्फत् सार्वजानिक गरेका हुन् । आफ्नो मन मिल्ने जीवनसाथी पाएको भन्दै दुवै जनाले एकसाथ खुसी समेत व्यक्त गरेका छन् ।
भाइरल बाबा ‘लाइफ ड्यामेज’ले अनलाईनहरुलाई दिएको अन्र्तवार्तामा उनले आफु बैवाहिक बन्धनमा बाँधिएको जानकारी गराएका छन् । हाल चितवनमा रहेका उनले नारायणी गंगालाई साक्षि राखी सात जुनिसम्म साथ नछोड्ने भन्दै कसम खाईरहेको भिडियोमा देख्न सकिन्छ ।‘लाइफ ड्यामेज’ भन्दै युवा माझ चर्चित बाबाले विवाह गरेको भन्दै सिन्दुर लगाकी आफ्नी जिवनसाथीलाई पनि सार्वजनिक गरेका छन् ।
अवको बाँकि जिवन आफुहरु दुःख सुखकासाथ काट्न तयार रहेको बताउदै आफुहरु एक भएको उनीहरुले बताएका छन् ।परिवार, समाज परिवर्तनमा आफुहरुको बिवाह उदाहरण बन्ने भन्दै समाजमा गलत काम गर्नेहरुमाथी आफ्नो विवाहले शिक्षा दिने पनि दम्पतीको भनाई रहेको छ । आफ्नो डयामेज भएको लाईफ म्यानेज भएको पनि बाबाले बताएका छन् ।
प्रतिक्रिया