नेपाल र बङ्गलादेश आज भिड्दै, नेपालले सचेत भएर खेल्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
२० पटक हेरिएको
Shares
नेपाल र बङ्गलादेश आज भिड्दै, नेपालले सचेत भएर खेल्ने

सारांश

  • काठमाडौं ।
  • संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले आज बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।
  • नेपाल र बंगलादेश एसियाली फुटबलमा कमजोर मानिन्छन् ।

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले आज बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।

नेपाल र बंगलादेश एसियाली फुटबलमा कमजोर मानिन्छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको आर्टिफिसियल टर्फमा हुने खेलबाट कमजोरी औंल्याउने र त्यसलाई एएफसी यू–२३ च्याम्पियनसिप छनोटमा सुधार गर्ने दुवै टिमले योजना बनाएका छन् ।

यु–२३ का मुख्य प्रशिक्षक राजुकाजी शाक्यले मैत्रीपूर्ण खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको भन्दै एसियन कप छनोट खेलका लागि मैत्रीपूर्ण खेलले सहयोग गर्ने बताए ।

छोटो अवधिमै टिम तयार पारेको उल्लेख गर्दै प्रशिक्षक शाक्यले भने, ‘बोलाइएका सबै खेलाडी पनि प्रशिक्षणमा आएनन् । लिग नहुँदा पनि समस्या भयो । विमल (घर्तीमगर), अनन्त (तामाङ) ले यू–१९ पछि पनि राष्ट्रिय टिमबाट निरन्तर खेलिरहेका छन् । तर यू–१९ मा उनीहरूसँगै रहेका अरु खेलाडीले त्यस्तो अवसर पाएका छैनन् । त्यसैले खेलाडीको स्तरमा पनि फरक देखिएको छ ।’

बङ्गलादेशका अष्ट्रेलियाली कोच आन्द्रे ओर्डले नेपालविरुद्धको खेल कठिनका साथै प्रतिस्पर्धात्मक हुने बताएका छन् । सोही राष्ट्रका कप्तान सोहिल रानाले आफ्नो टोलीले सकेसम्म राम्रो खेल प्रदर्शन गर्ने बताउँदै मङ्गलबारको खेल जितेमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे ।

तीन सिनियर खेलाडी समावेश नेपाली यू–२३ टिमले शाक्यकै नेतृत्वमा गत वर्ष गुवाहटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको थियो । त्यसमा समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग उनले दोस्रो रोजाइको टिमलाई उतारेका थिए । नेपाली टिमले २–१ को हार बेहोरेको थियो । अहिले पनि दुवै टिममा तिनै खेलाडीको बाहुल्य छ ।

नेपालको तर्फबाट विमल घर्तीमगर, अनन्त तामाङ, हेमन्त थापामगर, एलन नेउपाने, कमल श्रेष्ठ, दिनेश राजबंशी, अञ्जन बिष्ट र सुनिल बललगायतका खेलाडी मैदानमा उत्रिँदै छन् ।

बङ्गलादेशविरुद्धको खेल र युएइमा हुने छनोट प्रतियोगिताका लागि मुख्य प्रशिक्षक शाक्यले आइतबार घर्ती मगरको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीशको सिफारिसमाथि नै कानुनी प्रश्न, नियुक्ति पनि ‘अन्योल’मा
प्रधानन्यायाधीशको सिफारिसमाथि नै कानुनी प्रश्न, नियुक्ति पनि ‘अन्योल’मा
मेलिना राई तथा यम बराल को ‘तिमि नै तिमि’ को म्युजिक भिडियो सार्बजनिक
मेलिना राई तथा यम बराल को ‘तिमि नै तिमि’ को म्युजिक भिडियो सार्बजनिक
हवाई सुरक्षाप्रति आक्रामक बन्दै प्राधिकरण
हवाई सुरक्षाप्रति आक्रामक बन्दै प्राधिकरण
चन्द्रा शाहको मृत्युबारे छबुँदे सहमति
चन्द्रा शाहको मृत्युबारे छबुँदे सहमति
पहिलो यौन सम्पर्कमा युवतीले चाहाने दश कुरा
पहिलो यौन सम्पर्कमा युवतीले चाहाने दश कुरा
नेत्री रामकुमारी झाँक्रीमाथि लाग्यो साइबर क्राइम गरेकाे अाराेप !
नेत्री रामकुमारी झाँक्रीमाथि लाग्यो साइबर क्राइम गरेकाे अाराेप !
डडेल्धुरामा आगलागी हुँदा २० लाखको क्षति
डडेल्धुरामा आगलागी हुँदा २० लाखको क्षति
संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु
संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु
एमाले–माओवादी केन्द्रबीच पार्टी एकता सहमतिमा टुंग्याउने जिम्मा ओली–प्रचण्डलाई
एमाले–माओवादी केन्द्रबीच पार्टी एकता सहमतिमा टुंग्याउने जिम्मा ओली–प्रचण्डलाई
विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा
विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा

तपाईंले छुटाउनुभयो कि?