प्रचण्डसँग दूरी बढेको छैन : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री केपी ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आफ्नो दूरी बढने कुनै सम्भावना नरहेको बताएका छन्।
- असंलग्न राष्ट्रहरुको बाकुमा आयोजित १८ औं सम्मेलनमा भाल लिएर आईतबार स्वदेश फर्कनु भएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्का अध्यक्ष दाहालसँग आफ्नो दूरी बढने कुनै अवस्था नरहेको बताए।
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आफ्नो दूरी बढने कुनै सम्भावना नरहेको बताएका छन्। असंलग्न राष्ट्रहरुको बाकुमा आयोजित १८ औं सम्मेलनमा भाल लिएर आईतबार स्वदेश फर्कनु भएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्का अध्यक्ष दाहालसँग आफ्नो दूरी बढने कुनै अवस्था नरहेको बताए।
‘रमाइलो कुरा गर्नु भयो, काठमाडौं हुँदा भन्दा बाकुमा हुँदा टाढा त हुनै नै भयो,’ प्रधानमन्त्री ओलीले व्यंग्यात्मक शैलीमा भने, ‘यसभन्दा बाहेक दुरी बढेको छैन, दूरी बढेको भन्ने गणित चाँही मिलेन । हामी बीच कुनै प्रकारको दुरी बढने सम्भावना र अवस्था दुवै छैन।’ प्रधानमन्त्री ओली र दाहालबीच पछिल्लो समय दूरी बढेको समाचार विभिन्न समाचार माध्याममा आइरहेका थिए। प्रधानमन्त्री ओलीले भने त्यस्तो कुनै पनि प्रकारको सम्भावना नरहेको बताए।
प्रधानमन्त्री ओलीले दाहालले मदन भण्डारीसँग आफूलाई तुलना गर्नु भयो नि? भन्ने प्रश्नको जवाफ दिँदै के प्रसंगमा त्यसो भन्नु भएको हो ? आफूले नसुनेको बताए। ‘म यति भन्न सक्छु, उहाँले म मदन भण्डारीको विचारहरुलाई लिएर पार्टीलाई समय अनुकूल अगाडि बढाउँछु, बढाउने इच्छा राख्छु भन्नु भएको हुनुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘त्यसकारण यस विषयलाई लिएर आफूहरुबीच दूरी बढेको भन्न मिल्दैन, बरु दुरी घटेको भन्नुपर्छ।’
प्रतिक्रिया