ब्रिटेनमा आउँदो डिसेम्बर १२ तारिखमा आमनिर्वाचन हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १३, २०७६
|
|
४० पटक हेरिएको
Shares
ब्रिटेनमा आउँदो डिसेम्बर १२ तारिखमा आमनिर्वाचन हुने

सारांश

  • बीबीसी।
  • ब्रिटिश संसद्‌को तल्लो सदन हाउस अफ कमन्सले समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेको छ।
  • योसँगै अब त्यहाँ आउँदो डिसेम्बर महिनाको १२ तारिखमा आमनिर्वाचन हुने पक्कापक्की भएको छ।

बीबीसी। ब्रिटिश संसद्‌को तल्लो सदन हाउस अफ कमन्सले समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेको छ।

योसँगै अब त्यहाँ आउँदो डिसेम्बर महिनाको १२ तारिखमा आमनिर्वाचन हुने पक्कापक्की भएको छ। ब्रिटेनमा सन् १९२३ पछि पहिलो पटक डिसेम्बर महिनामा आमचुनाव हुनेछ।

निर्वाचनसम्बन्धी विधेयकको पक्षमा ४३८ मत खसेको थियो भने विपक्षमा जम्मा २० जना सांसद उभिएका थिए। अब माथिल्लो सदन हाउस अफ लर्ड्सले पारित गर्‍यो भने त्यो कानुन बन्नेछ। यदि त्यस्तो भयो भने चुनावी प्रचारप्रसारका लागि पाँच हप्ताको समय हुनेछ।

प्रधानमन्त्री जोनसनले मुलुक र ब्रिटेन ईयूबाट बाहिरिने ब्रेक्जिटबारे ’निर्णय लिने अवसर’ जनतालाई दिइनुपर्ने बताएका छन्।

आमनिर्वाचनले ब्रेक्जिट सम्झौताका लागि आफूलाई नयाँ जनादेश दिने र संसद्‌मा जारी गतिरोधलाई अन्त्य गर्ने प्रधानमन्त्रीको विश्वास छ। संसद्‌मा उत्पन्न गतिरोधले नै ब्रेक्जिट ज्यानुअरी ३१ तारिखसम्मका लागि लम्बिएको हो।

प्रधानमन्त्री जोनसनले ब्रक्जिट प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनका निम्ति सिङ्गो देश एकसाथ उभिन आवश्यक भएको बताए। ब्रेक्जिटलाई लिएर पार्टीबाट विद्रोह गरी निस्केका २१ मध्ये १० जना कन्जरभेटिभ सांसदलाई उनले पार्टी्भित्र फर्काएका छन्। अब उनीहरू कन्जरभेटिभ उम्मेदवारका रूपमा चुनावमा उठ्न पाउने छन्।

प्रमुख विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले भनेका छन्, “मुलुकलाई रुपान्तरण गर्न र निहित स्वार्थलाई पन्छाउनका निम्ति यो निर्वाचन एउटा पुस्ताले पाउने एउटा अवसरजस्तै हो।“

उनले ’अहिलेसम्म मुलुकले नदेखेको परिवर्तन ल्याउनका निम्ति आफ्नो पार्टीले एकदमै महत्त्वाकाङ्क्षी र फरक किसिमको चुनावी अभियान चलाउने’ बताए।

मङ्गलवारको महत्त्वपूर्ण मतदान प्रक्रियामा एक सयभन्दा बढी लेबर सांसदहरूले सहभागिता जनाएनन् अथवा प्रक्रियाबाट आफूहरूलाई अलग राखे। एघार जनाले विपक्षमा मतदान गरे।कोर्बिनसहित १२७ जना लेबर सांसदले निर्वाचन गराउने विधेयकको पक्षमा मतदान गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चर्चित गाएक राम प्रसाद खनाल र मन्जु पौडेलको स्वरमा रहेको तीजको भिडियो सर्बिजनिक :”मेरा बुढा झर्के” {भिडियो सहित }
नागढुङ्गाबाट प्रहरी चेकिङः लागुऔषधसहित २ पक्राउ
नागढुङ्गाबाट प्रहरी चेकिङः लागुऔषधसहित २ पक्राउ
सरकारको अलोकप्रिय कदमकै कारण नागरिकको भरोसा गुमाउँदै गएको दाबी
सरकारको अलोकप्रिय कदमकै कारण नागरिकको भरोसा गुमाउँदै गएको दाबी
सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने
सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी टेकबहादुर तामाङ
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी टेकबहादुर तामाङ
नाम नखुलेको मानिस मृत अवस्थामा फेला
नाम नखुलेको मानिस मृत अवस्थामा फेला
निर्वाचन आयोगले कारबाही गरेको व्यक्तिलाई सरकारको प्रोत्साहन
निर्वाचन आयोगले कारबाही गरेको व्यक्तिलाई सरकारको प्रोत्साहन
नेकपा बैठकमा घेराबन्दी देखि विधि पद्धितको एजेन्डा
नेकपा बैठकमा घेराबन्दी देखि विधि पद्धितको एजेन्डा
पुनः आन्दोलन गर्ने बौद्धवासीको चेतावनी
पुनः आन्दोलन गर्ने बौद्धवासीको चेतावनी
‘कि भ्रष्टाचारी सकिए कि म सकिएँ’