३ किलोग्राम चरेससहित एकजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
३ किलोग्राम चरेससहित एकजना पक्राउ

सारांश

  • काठमाडौँ ।
  • नेपाल प्रहरीले तीन किलोग्राम १२ ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ।
  • महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा३ख ९६७३ नंको यात्रुवाहक बस चेकजाँचका क्रममा मकवानपुर थाहा नगरपालिका–७ का ५३ वर्षीय लक्ष्मण सिञ्जालीमगरलाई आइतबार राति पक्राउ गरेको हो।

काठमाडौँ । नेपाल प्रहरीले तीन किलोग्राम १२ ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा३ख ९६७३ नंको यात्रुवाहक बस चेकजाँचका क्रममा मकवानपुर थाहा नगरपालिका–७ का ५३ वर्षीय लक्ष्मण सिञ्जालीमगरलाई आइतबार राति पक्राउ गरेको हो।

प्रभागका प्रमुख, प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले कालो झोलामा चरेस लुकाएर काठमाडौँ ल्याउँदै गरेको अवस्थामा सिञ्जालीमगरलाई पक्राउ गरिएको जानकारी दिए ।पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको खड्काले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?