के कारणले पक्राउ परे व्यवसायी तथा पूर्वमन्त्री रुप ज्योती ?
सारांश
- ठगी आरोपमा पूर्वअर्थ सहायकमन्त्री एवं व्यवसायी रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ ।
- महानगरीय प्रहरी परिसर काठमाडौँले उहाँलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट कात्तिक २१ गते साँझ पक्राउ गरेको हो ।
- काठमाडौँ प्रहरीका प्रवक्ता होबिन्द्र बोगटीले व्यवसायी ज्योति पक्राउ परेको राससलाई जानकारी दिए ।
ठगी आरोपमा पूर्वअर्थ सहायकमन्त्री एवं व्यवसायी रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उहाँलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट कात्तिक २१ गते साँझ पक्राउ गरेको हो । काठमाडौँ प्रहरीका प्रवक्ता होबिन्द्र बोगटीले व्यवसायी ज्योति पक्राउ परेको राससलाई जानकारी दिए ।
उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उनीमाथि लागेको छ । रुप ज्योति राजाको शासनकालमा अर्थ सहायकमन्त्री बनेका थिए ।
हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी मुद्दामा रूपज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा अनुमति दिएको थियो। तर उनी त्यसविरुद्ध २०७५ मंसिर २४ गते सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए। त्यसको १ वर्षपछि २०७६ कात्तिक १९ गते मंगलबार सर्वोच्चले ज्योतिका विपक्षमा फैसला सुनाएको हो ।
प्रतिक्रिया