कास्की–२ मा नेकपा उत्साहित, कांग्रेस नेता नेकपा प्रवेश

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
कास्की–२ मा नेकपा उत्साहित, कांग्रेस नेता नेकपा प्रवेश

सारांश

  • पोखरा।
  • उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्की–२ को माहोल तातिएको छ।
  • उम्मेद्वारहरु मतदाता समक्ष मतमाग्न व्यस्त छन्।

पोखरा। उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्की–२ को माहोल तातिएको छ। उम्मेद्वारहरु मतदाता समक्ष मतमाग्न व्यस्त छन्। दैनिक जसो चुनावी सभा भइरहेका छन्। यसैबीच नेकपा उम्मेद्वार विद्या भट्राईले गा्रमिण क्षेत्रको विकास विना समृद्घ राष्ट्को कल्पना गर्न नसकिने बताएकी छन्।

चुनावी प्रचार अन्र्तगत  पोखरा १६ अर्मलामा आयोजित घरदैलोका क्रममा अर्मलाकोट, पात्ले डिही गाउँमा भएका कोणसभामा वोल्दै उनले महानगर भित्रै भएर पनि अर्मला क्षेत्र पिछाडिएको बताउँदै, यस्ता क्षेत्रको विकासका लागि पनि आफू जनताको बीचमा आएको बताइन्। अमृलाका विभिन्न ठाउँमा सडक निर्माणको कार्यले पूणर््ाता नपाइसकेको भन्दै उम्मेदवार अधिकारीले यसको पूर्णता नै आफ्नो प्राथामिकता रहेको बताइन्। घरदैलोका क्रममा उम्मेदवार अधिकारीलाई आर्शिवाद दिएका थिए।

जोगिमणीमा आयोजित कोण सभामा उम्मेदवार भट्टराईले यहाँको पर्यटन विकास, सडक र आधुनिक कृषि व्यवसाय मार्फत रोजगारीको व्यवस्था आफ्नो एजेण्डा रहेको वताउनुभयो ।नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पार्टीले समृद्घ राष्ट निर्माणका लागि सक्षम व्यक्तिलाई पठाएको बताइन्।
यसैबीच २० वर्ष देखि काग्रेसको सक्रिय राजनीतिमा लागेका पूर्व अर्मला गाउ कमिटीका सचिव धर्मराज आचार्य नेकपामा प्रवेश गरेका छन। हाल काग्रेसद्वारा गठित हरिपाउ मुलाछर्ने क्षेत्रको चुनावी कमाण्डर समेत रहेका आचार्यले नेकपाको सहारा विना विकास निर्माण संभव नरहेकाले आफू नेकपामा प्रवेश गरेको बताए। अमलाविसौनी घार्मी आलेवारी सडकका अध्यक्ष समेत रहेका आचार्य विभिन्न संघ संस्थामा आवद्घ छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?