गोलभेंडा र काउलीमा अत्यधिक विषादी
सारांश
- -पाँचखालबाट भित्रिएको काउलीमा ६६.
- ८ प्रतिशत, चौताराबाट आएको गोलभेंडामा ५७.
- ५ प्रतिशतसम्म विषादी -एलर्जी, बाँझोपन, प्यारालाइसिसलगायत क्यान्सरसमेत हुन सक्छ : खाद्य प्रविधि असार २८, २०७४- उपत्यकामा भित्रिने गालभेंडा र काउलीमा विषादीको मात्रा उच्च रहेको फेला परेको छ ।
- -पाँचखालबाट भित्रिएको काउलीमा ६६.८ प्रतिशत, चौताराबाट आएको गोलभेंडामा ५७.५ प्रतिशतसम्म विषादी
- -एलर्जी, बाँझोपन, प्यारालाइसिसलगायत क्यान्सरसमेत हुन सक्छ : खाद्य प्रविधि
असार २८, २०७४- उपत्यकामा भित्रिने गालभेंडा र काउलीमा विषादीको मात्रा उच्च रहेको फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बाली संरक्षण निर्देशनालयअन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण इकाई कालिमाटीको संयुक्त अनुगमन टोलीले उपत्यकाका चार नाकामा गरेको अनुगमनमा यस्तो फेला परेको हो ।
टोलीले मंसिरदेखि जेठ महिनासम्म अनुगमन र नमुनाको संकलन गरी बायो ऐसेस विधिबाट विश्लेषण गरेको थियो । त्यसक्रममा गोलभेंडा र काउलीमा विषादीको मात्रा उच्च रहेको पेला पारेको हो । विभागका सहप्रवक्ता मदनकुमार चापागाईका अनुसार काउली, गोलभेंडा, आलु, बोडी, करेलालगायत १२ प्रकारको तरकारीमा अनुगमन गरेको थियो । त्यसमध्ये १ सय ३१ नमुना संकलन र विश्लेषण भएको उनले बताए ।
इकान्तिपुर बाट साभार ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया