रेडियोधर्मी पदार्थको सम्बन्धमा निर्देशन दिन शक्तिशाली निर्देशक समिति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १९, २०७६
|
|
४२ पटक हेरिएको
Shares
रेडियोधर्मी पदार्थको सम्बन्धमा निर्देशन दिन शक्तिशाली निर्देशक समिति

सारांश

  • रेडियोधर्मी पदार्थको सम्बन्धमा नियमनकारी निकाय र पारमाणविक अनुसन्धान केन्द्रलाई निर्देशन दिन शक्तिशाली निर्देशक समिति प्रस्ताव गरिएको छ ।
  • प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘रेडियोधर्मी पदार्थको नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफलका क्रममा आज सो समिति गठनको प्रस्तावमा सहमति जुटेको हो ।
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अध्यक्ष रहने निर्देशन समितिमा प्रधानसेनापति, शिक्षा, गृह, रक्षा, स्वास्थ्य, कृषि र उद्योग मन्त्रालयका सचिव, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक सदस्य रहनेछन् ।

रेडियोधर्मी पदार्थको सम्बन्धमा नियमनकारी निकाय र पारमाणविक अनुसन्धान केन्द्रलाई निर्देशन दिन शक्तिशाली निर्देशक समिति प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘रेडियोधर्मी पदार्थको नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफलका क्रममा आज सो समिति गठनको प्रस्तावमा सहमति जुटेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अध्यक्ष रहने निर्देशन समितिमा प्रधानसेनापति, शिक्षा, गृह, रक्षा, स्वास्थ्य, कृषि र उद्योग मन्त्रालयका सचिव, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक सदस्य रहनेछन् । समितिमा मन्त्रालयले मनोनीत गर्ने एक महिलासहित तीनजना विज्ञ सदस्य रहने र शिक्षा मन्त्रालयका सहसचिव सदस्य सचिव हुने प्रस्ताव गरिएको छ ।

विधेयकमाथि बुधबारदेखि समितिमा दफावार छलफल शुरु भएको छ । समिति सभापति जयपुरी घर्तीको अध्यक्षतामा भएको बैठकले विधेयकको दफा २१ सम्मका विषयमा सामान्य फेरबदलसहित पारितका लागि सहमति जनाएको छ । विधेयकले ‘रेडियोधर्मी स्रोत’ भन्नाले रेडियोधर्मी पदार्थ र आयनिकरण गर्ने विकिरण उत्सर्जन गर्ने वा फैलाउन सक्ने उपकरणलाई परिभाषित गरेको छ । त्यस्तै ‘पारमाणविक पदार्थ’ भन्नाले युरेनियम २३३, युरेनियम २३५ वा परिमार्जित गरिएको युरेनियम, प्लुटोनियम र यसका आइसोटोप्स भनी परिभाषित गरिएको छ ।

विधेयकको दफा ४ मा सरकारले रेडियोधर्मी पदार्थको तथा संयन्त्रको नियमनसम्बन्धी कार्य गर्न एक नियमनकारी निकायको स्थापना गर्ने र नियमनकारी निकायको स्थापना नभएसम्म सोसम्बन्धी कार्य शिक्षा मन्त्रालयले गर्ने व्यवस्था गरेको छ । साथै पारमाणविक पदार्थसम्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्न एक पारमाणविक अनुसन्धान केन्द्र स्थापना गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

अनुसन्धान केन्द्रले रेडियोधर्मी तथा पारमाणविक पदार्थ र प्रविधिसम्बन्धी ज्ञान अभिवृद्धिका लागि दक्ष र आवश्यक जनशक्ति विकास गर्ने, विभिन्न प्रकारका विकिरणको प्रभावबाट हुनसक्ने सम्भाव्य नकारात्मक प्रभावको नियन्त्रण सम्बन्धमा अध्ययन अनुसन्धान गरी सर्वसाधारणको जीउधनको सुरक्षा तथा वातावरण संरक्षणका लागि आवश्यक कार्य गर्नेछ । यसका साथै केन्द्रले स्वास्थ्य, कृषि, पशु, उद्योग, पुरातात्विक वस्तुको संरक्षण, भूमिगत जलस्रोत एवं भौतिक पूर्वाधार विकास र खाद्य पदार्थको सुरक्षित भण्डारणका लागि पारमाणविक प्रविधिसम्बन्धी अध्ययन अनुसन्धान गर्ने विधेयकमा उल्लेख छ ।

बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले रेडियोधर्मी पदार्थको व्यवस्थापन गर्न, यसको अध्ययन अनुसन्धान गरी जनशक्ति तयार गर्न र अन्य मुलुकबाट नेपालाई हुने रेडियोधर्मीका असरको क्षतिपूर्ति दिलाउनु विधेयक ल्याउनुपरेको धारणा व्यक्त गर्नुभएको थियो ।

रेडियोधर्मी पदार्थ एवं प्रविधिको सुरक्षित तथा शान्तिपूर्ण उपयोग गर्न, अध्ययन अनुसन्धान गर्न र आयनिकरण गर्ने विकिरणबाट पर्नसक्ने प्रतिकूल प्रभावबाट सर्वसाधारणको जीउधनको सुरक्षा तथा वातावरण संरक्षण गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्न सो विधेयक ल्याइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टी-२० विश्वकप एशिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
टी-२० विश्वकप एशिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै
रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै
एमाले अध्यक्ष ओली भन्छन् : घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ
एमाले अध्यक्ष ओली भन्छन् : घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ
सामाजिक कार्यमा गैरे सेवा समाज, पैसा नभएर घर फर्किएका बालकलाई ६१ हजार
सामाजिक कार्यमा गैरे सेवा समाज, पैसा नभएर घर फर्किएका बालकलाई ६१ हजार
काठमाडौंमा विमानहरु जुनसुकै वेला अपहरणमा पर्नसक्ने सूचना प्राप्त भएपछि…
काठमाडौंमा विमानहरु जुनसुकै वेला अपहरणमा पर्नसक्ने सूचना प्राप्त भएपछि…
अस्पताल जानु अघि प्रधानमन्त्री ओलीको आयो यस्तो सन्देश (भिडियो सहित)
अस्पताल जानु अघि प्रधानमन्त्री ओलीको आयो यस्तो सन्देश (भिडियो सहित)
जसले संविधान मानेनन्, संघीय संसदमा सपथ खाए- इन्द्रेणी बन्यो संसद
जसले संविधान मानेनन्, संघीय संसदमा सपथ खाए- इन्द्रेणी बन्यो संसद
वनकी चरी भन्दै विपिन कार्की (भिडियो)
वनकी चरी भन्दै विपिन कार्की (भिडियो)
साढे ३ करोड नक्कली भारु सहित युनिस अन्सारी पक्राउ
साढे ३ करोड नक्कली भारु सहित युनिस अन्सारी पक्राउ
संसदमा अब राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतको चुनावै चुनाव
संसदमा अब राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतको चुनावै चुनाव