किन बन्द छ ३६ वर्ष पुरानो पाँचतारे एभरेष्ट होटेल ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २९, २०७४
|
|
१७ पटक हेरिएको
Shares
किन बन्द छ ३६ वर्ष पुरानो पाँचतारे एभरेष्ट होटेल ?

सारांश

  • काठमाडौं ।
  • काठमाडौं शहरमा ठुल्ठूला होटल बनिरहेका र बन्ने घोषणा भइरहेका बेला ३६ वर्ष पुरानो पाँचतारो होटल एभरेष्ट २५ महिनादेखि बन्द छ ।
  • भूकम्पका कारण क्षतिग्रस्त भई बन्द भएको भनिएको होटल भवनको मर्मतको काम सुरु भएको छैन ।

काठमाडौं । काठमाडौं शहरमा ठुल्ठूला होटल बनिरहेका र बन्ने घोषणा भइरहेका बेला ३६ वर्ष पुरानो पाँचतारो होटल एभरेष्ट २५ महिनादेखि बन्द छ । भूकम्पका कारण क्षतिग्रस्त भई बन्द भएको भनिएको होटल भवनको मर्मतको काम सुरु भएको छैन । ११ जना सुरक्षा गार्डको भरमा एभरेष्ट होटल अलपत्र छ ।

भूकम्पपछि हरियो स्टिकर लगाइदिएर पुनः सञ्चालनमा आइसकेको होटलमा केही दिनपछि रातो स्टिकर लगाइएको थियो । भूकम्पपछि उद्धारका लागि आएका चीन, भारत, बेलायत, क्यानडा आदिको टोली नै होटलका अतिथि बनेका थिए ।

भारतीय सञ्चार माध्यमको फौज नै होटल एभरेष्टमा बसेको थियो । तर, दोस्रोपटकको अनुगमनमा रातो स्टिकर लाग्यो, होटल बन्द भयो । रातो स्टिकर टाँसिनु अघिल्लो दिनसम्म होटलका एक सय १६ रुम , तीनवटा रेस्टुराँ, एउटा बार र तीनवटा साना ठूला हल भरिभराउ हुन्थे ।

बीमा दावी बिबादित भएपछि होटलको मर्मत र सञ्चालनको काम रोकिएको हो । स्रोतका अनुसार होटलले भवन पूर्ण क्षति भएको भन्दै ठूलो रकम क्षतिपूर्तिवापत दाबी गर्यो । बीमाले सामान्य क्षति मात्रै पुगेको भन्दै दाबी भुक्तानी गर्न इन्कार गरेपछि होटलको मर्मत सुरु नै भएन । अन्नपूर्ण पाेस्ट  दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फ्रान्सेली नागरिकलाई लिएर फर्कियो कतार एयरवेजको जहाज
फ्रान्सेली नागरिकलाई लिएर फर्कियो कतार एयरवेजको जहाज
एशिया प्यासेफिक सम्मेलनः काठमाडौंमा भीभीआईपी पाहुना
एशिया प्यासेफिक सम्मेलनः काठमाडौंमा भीभीआईपी पाहुना
महाकवि देवकोटाको कविता सुनाउँदै ओलीले विप्लवलाई के भने (भिडियोसहित)
महाकवि देवकोटाको कविता सुनाउँदै ओलीले विप्लवलाई के भने (भिडियोसहित)
प्रदेश र केन्द्रको चुनाव घोषणा भएकैबेला ओलीले ल्याए नयाँ प्रस्ताव
प्रदेश र केन्द्रको चुनाव घोषणा भएकैबेला ओलीले ल्याए नयाँ प्रस्ताव
सावधान !  चिसो दुध नपिउनुस् , तताएर मात्र पिउने गरौं ! कोलीफर्मले पखाला लाग्न सक्छ
सावधान !  चिसो दुध नपिउनुस् , तताएर मात्र पिउने गरौं ! कोलीफर्मले पखाला लाग्न सक्छ
रबि अाेडलाइ भाेट गर्दा अमित बरालकाे नम्बर बढ्ने !
रबि अाेडलाइ भाेट गर्दा अमित बरालकाे नम्बर बढ्ने !
वीरगंज बसपार्कबाट भारतीय यात्रीलाई नक्कली पिसिआर रिपोर्ट
वीरगंज बसपार्कबाट भारतीय यात्रीलाई नक्कली पिसिआर रिपोर्ट
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल
काउसो पन्छिएकोमा एमाले रमाउनुभन्दा पनि प्रवृत्ति पल्किएकोमा चिन्तित हुनुपर्छ ।
काउसो पन्छिएकोमा एमाले रमाउनुभन्दा पनि प्रवृत्ति पल्किएकोमा चिन्तित हुनुपर्छ ।
पशुपतिमा पारस शाहको नयाँ हुलिया (हेर्नुहोस् ५ तस्बिरमा)
पशुपतिमा पारस शाहको नयाँ हुलिया (हेर्नुहोस् ५ तस्बिरमा)

तपाईंले छुटाउनुभयो कि?