धितोपत्र बजारः कारोबार रकम ७६ करोड नाघ्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २६, २०७६
|
|
२२ पटक हेरिएको
Shares
धितोपत्र बजारः कारोबार रकम ७६ करोड नाघ्यो

सारांश

  • साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ ।
  • नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ११.
  • १७ अङ्कले बढेर एक हजार १७२.

साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ११.१७ अङ्कले बढेर एक हजार १७२.६४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४१ अङ्कले बढेर २५५.६० पुगेको छ ।

परिसूचक बढेसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । आज कुल १६८ कम्पनीका २१ लाख दुई हजार ६१ कित्ता शेयर रु ७६ करोड ४० लाख २५ लाख २१३ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १९, होटल ३.७, उत्पादन ४४.९८, अन्य १.९४, माइक्रोफाइनान्स उपसमूहको शेयर ८.२२ अङ्कले घटेको छ । यस्तै बैंकिङ २.८२, विकास बैंक २.७२, हाइड्रोपावर २८.९७, फाइनान्स १.४, निर्जीवन बीमा ३३२.०४, जीवन बीमा २७८.६९ र सामूहिक लगानी कोषको शेयर ०.०९ अङ्कले बढ्यो ।

कारोबार रकमका आधारमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु आठ करोड २८ लाख ५२ हजार ३१ मा खरिदबिक्री भयो । यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु चार करोड १० लाख ७० हजार ६२०, एनएमबी बैङ्कको रु तीन करोड ७६ लाख ५९ हजार ५४४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड ६६ लाख ५३ हजार ५४४, नेपाल बैंक लिमिटेडको रु दुई करोड एक लाख ८९ हजार ३८ र नेपाल इन्स्योरेन्स कम्पनीको शेयर रु एक करोड ८६ लाख ३८ हजार २१६ मा खरिदबिक्री भयो ।

आज सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.७७ प्रतिशतले गुमाए । यस्तै साल्ट्र ट्रेडिङ कम्पनी ४.६०, युनिलिभर नेपाल लिमिटेड ३.९३, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ३.६७, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले समान ३.४४ तथा आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.२७ प्रतिशतले गुमाए ।

स्टकका अनुसार आज सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै सूर्या लाइफ इन्स्योरेन्स ९.९६, हिमालयन जनरल इन्स्योरेन्स ९.९३, सगरमाथा इन्स्योरेन्स ९.९२, हिमालयन उर्जा विकास कम्पनी र आइएमइ जनरल इन्स्योरेन्सका लगानीकर्ताले समान ९.८० तथा नेपाल इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.७९ प्रतिशतले कमाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साढे चौध किलोको एउटै काउली
साढे चौध किलोको एउटै काउली
प्रेस स्वतन्तत्रा र पत्रकारको हितप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री
प्रेस स्वतन्तत्रा र पत्रकारको हितप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री
बम राख्ने हाम्रो पार्टीको नीति छैन– उम्मेदवार आफैंले बम राख्छन्, अनि प्रहरी बोलाउँछन् !
बम राख्ने हाम्रो पार्टीको नीति छैन– उम्मेदवार आफैंले बम राख्छन्, अनि प्रहरी बोलाउँछन् !
एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो
एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो
लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा
लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा
राष्ट्रपति भण्डारीको टीकामा पत्रकार निषेध, पूर्वराजाले पत्रकारकै सामुन्ने लगाए टीका
राष्ट्रपति भण्डारीको टीकामा पत्रकार निषेध, पूर्वराजाले पत्रकारकै सामुन्ने लगाए टीका
Narcissistic Behavior in a Relationship
लुम्बिनी प्रदेशमा विशेष अधिवेशन सुरु, मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस हुने
लुम्बिनी प्रदेशमा विशेष अधिवेशन सुरु, मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस हुने
अब उपचार नपाएर कोही पनि मर्नुपर्दैन : मन्त्री बस्नेत
अब उपचार नपाएर कोही पनि मर्नुपर्दैन : मन्त्री बस्नेत
राष्ट्रपतिकाे निर्वाचनबारे प्रधानमन्त्री र प्रमुख आयुक्त थपलियाबीच छलफल
राष्ट्रपतिकाे निर्वाचनबारे प्रधानमन्त्री र प्रमुख आयुक्त थपलियाबीच छलफल

तपाईंले छुटाउनुभयो कि?