सडक सुरक्षा र सवारी दुर्घटना अनुसन्धान तथा रेखाचित्रण अनुशिक्षण तालिम समापन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
सडक सुरक्षा र सवारी दुर्घटना अनुसन्धान तथा रेखाचित्रण अनुशिक्षण तालिम समापन

सारांश

  • काठमाडौँ ३० असार, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज तथा यातायात व्यवस्था विभागको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखाद्धारा महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा बिभिन्न मितिमा संचालन भएका सडक सुरक्षा सम्बन्धी तालिम र सवारी दुर्घटना अनुसन्धान तथा रेखाचित्रण अनुशिक्षण तालिम शुक्रबार आयोजित एक समारोहबिच योगम्वर पार्टी प्यालेस, रामशाहपथमा समापन भएको छ ।
  • समारोहमा प्रमुख अतिथी यातायात व्यवस्था बिभागका महानिर्देशक रुपनारायण भट्टराईले ट्राफिक प्रहरीका लागि आवश्यक सडक सुरक्षा सम्बन्धी सामग्री ७ सय थान फ्लोरोसेन्ट ज्याकेट र ७४ थान मेजरिङ टेप महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक मिङमार लामालाई हस्तान्तरण गर्नुभयो ।
  • कार्यक्रममा महानिर्देशक भट्टराई र प्रहरी नायव महानिरीक्षक मिङमार लामाले प्रशिक्षार्थीहरुलाई संयुक्त रुपमा प्रमाणपत्र वितारण गर्नुभयो ।

काठमाडौँ ३० असार,
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज तथा यातायात व्यवस्था विभागको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखाद्धारा महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा बिभिन्न मितिमा संचालन भएका सडक सुरक्षा सम्बन्धी तालिम र सवारी दुर्घटना अनुसन्धान तथा रेखाचित्रण अनुशिक्षण तालिम शुक्रबार आयोजित एक समारोहबिच योगम्वर पार्टी प्यालेस, रामशाहपथमा समापन भएको छ ।

समारोहमा प्रमुख अतिथी यातायात व्यवस्था बिभागका महानिर्देशक रुपनारायण भट्टराईले ट्राफिक प्रहरीका लागि आवश्यक सडक सुरक्षा सम्बन्धी सामग्री ७ सय थान फ्लोरोसेन्ट ज्याकेट र ७४ थान मेजरिङ टेप महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक मिङमार लामालाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा महानिर्देशक भट्टराई र प्रहरी नायव महानिरीक्षक मिङमार लामाले प्रशिक्षार्थीहरुलाई संयुक्त रुपमा प्रमाणपत्र वितारण गर्नुभयो ।

सो अवसरमा भट्टराईले प्रशिक्षार्थीहरुमा तालिमबाट व्यवसायिक ज्ञान,सिप तथा क्षमता अभिवृद्धि भएको विश्वास व्यक्त गर्नुहुदैँ सिकेका व्यवसायिक सिपलाई कर्तव्यपालनाको सिलसिलामा व्यवहारमा उर्तानुपर्ने बताउनुभयो ।
सडक तथा सवारी व्यवस्थापन सहज, सरल र सुरक्षित बनाउनु दुवै संस्थाको दायित्व रहेको उल्लेख गर्नुहुदैँ उहाँले यातायात व्यवस्थापन बिभागबाट आगामी दिनमा थप प्रभावकारी कार्य गर्दै जाने उहाँको भनाइ छ ।
कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महनिरीक्षक मिङमार लामाले ट्राफिक प्रहरीलाई यातायात व्यवस्था विभागबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुहुदँै सडक सुरक्षा अभियानमा सहयोग मिलेको बताउनुभएको छ ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक दान बहादुर कार्कीले स्वागत मन्तव्य तथा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
विभिन्न २०७३ चैत २४ गते संचालित ३ कार्य दिनको सवारी दुर्घटना अनुसन्धान तथा रेखाचित्रण अनुशिक्षण तालिममा प्रहरी हवल्दार १४ र प्रहरी जवान ४४ गरी ५८ जना र २०७४ असार १८ गते संचालन भएको ३ कार्यदिनको सडक सुरक्षा सम्बन्धी तालिममा प्रहरी नायब निरीक्षक ८, प्रहरी सहायक निरीक्षक २२, प्रहरी हवल्दार १४ र प्रहरी जवान ६६ गरी ११० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?