निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २२, २०७६
|
|
२६ पटक हेरिएको
Shares
निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु

सारांश

  • नवलपुर, २२ पुस स् देशका सबै राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु भएको छ ।
  • गत शनिबारदेखि हुने भनिएको चरा गणना मौसमका कारण दुई दिनपछि सोमबारदेखि शुरु भएको हो ।
  • बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रलगायत देशभरका राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना एकसाथ शुरु भएको हो ।

नवलपुर, २२ पुस स् देशका सबै राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु भएको छ । गत शनिबारदेखि हुने भनिएको चरा गणना मौसमका कारण दुई दिनपछि सोमबारदेखि शुरु भएको हो ।

बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रलगायत देशभरका राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना एकसाथ शुरु भएको हो । हरेक वर्ष ४ जनवरीदेखि १९ जनवरीसम्म चरा गणना हुने गर्दछ ।यस पटक ६५ ठाउँमा गणना हुने जनाइएको छ ।

चितवनमा नारायणी नदी किनार र निकुञ्ज तथा राप्ती किनारमा फरक फरक टोलीले जलचरा गणना गर्ने उनले जानकारी दिए । उनले भने, “चितवन राष्ट्रिय निकुञ्जको कुमरोज सामुदायिक वनबाट चरा गणना शुरु गरिएको छ”, चराविद्समेत रहेका बिडारीले भने, “नारायणी नदी र राप्तीको किनारमा चरा गणना गरिँदैछ ।” कुमरोज वनदेखि कसराको पुलसम्म र निकुञ्जभित्रको लामीताल, तमोरताल, बीसहजारीताल, बाटुली पोखरीलगायतका तालहरुमा चरा गणना गरिने जनाइएको छ ।

सोसाइटीको पूर्वअध्यक्ष टिका गिरीले यसपटक दिव्यनगर र माडीको रिउखोलामा रहेका जलचराको पनि गणना गरिने जानकारी दिए । गणनामा क्यामेरा, बाइनोकुलर र टेलिस्कोपको प्रयोग गरिने उनले बताए । सोमबार भएको गणनामा चखेवा जातको चरा र जलकौवाको सङ्ख्या बढी पाइएको छ । अघिल्लो वर्षको चरण गणनामा चितवन निकुञ्ज र आसपासका क्षेत्रमा १५० प्रजातिका जलचरा भेटिएको थियो ।

चितवनमा सोसाइटी, राष्ट्रिय निकुञ्ज तथा चराविद्हरुको टोलीले चरा गणना गरि

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?