तेस्रो विश्वयुद्ध हुने सम्भावना कति छ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २३, २०७६
|
|
३६ पटक हेरिएको
Shares
तेस्रो विश्वयुद्ध हुने सम्भावना कति छ?

सारांश

  • बीबीसी।
  • गत शुक्रवार अमेरिकाले मानवरहित विमानबाट हवाई आक्रमण गरी इरानका एक वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गरिदियो।
  • सुलेमानीले मध्यपूर्वमा इरानका सैन्य गतिविधिको नेतृत्व गर्थे।

बीबीसी। गत शुक्रवार अमेरिकाले मानवरहित विमानबाट हवाई आक्रमण गरी इरानका एक वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गरिदियो।

सुलेमानीले मध्यपूर्वमा इरानका सैन्य गतिविधिको नेतृत्व गर्थे। उनको मृत्युपछि इरान र अमेरिकाबीच तनाव चुलिएको छ।

बीबीसीका रक्षा तथा कूटनीतिक संवाददाता जोनाथन मार्कसले उक्त कारबाही र त्यसपछि उत्पन्न परिस्थितिबारे पाठकहरूका विभिन्न प्रश्नको उत्तर दिएका छन्।

तेस्रो विश्वयुद्ध हुने सम्भावना कति छ? ( लूइस ओल्कट

केहीले सुलेमानीको हत्यालाई अमेरिकाले इरानविरुद्ध “युद्ध घोषणा“ गरेको अर्थमा व्याख्या गरेका भए पनि अहिलेको परिस्थितिलाई कम आकलन वा बढाइचढाइ गर्नु हुँदैन।

यसले तेस्रो विश्वयुद्ध निम्त्याउँदैन। त्यस्तो द्वन्द्व हुनका लागि महत्त्वपूर्ण पात्र ठानिने रुस र चीनजस्ता देशको यो घटनाक्रममा ठूलो भूमिका छैन।

तर यो मध्यपूर्व र त्यहाँ अमेरिकाको भूमिकाबारे निर्णायक क्षण बन्न सक्छ। इरानले ठूलो प्रतिकार गर्ने अनुमान गर्न सकिन्छ। अनि त्यसले क्रिया र प्रतिक्रियाको चक्र सुरु गराइदिन सक्छ जसबाट दुई देशबीच सबैतिर द्वन्द्व चर्किन सक्छ।

इरानको प्रतिक्रिया उक्त क्षेत्रमा अमेरिकी सैन्य स्वार्थकाविरुद्ध हुन सक्छ। तर त्यसबाहेक इरानले आफूले कमजोर ठानेको र अमेरिकासँग सम्बन्ध भएको जुनसुकै स्थानलाई पनि निसाना बनाउन सक्छ।

सुलेमानी इराकस्थित अमेरिकी सैनिकहरूमाथि भएका घातक आक्रमणका लागि जिम्मेवार रहेको अमेरिकाको तर्क छ। ती सैनिकहरू त्यहाँ वर्तमान इराकी सरकारको अनुरोधमा गएका थिए।

सुलेमानीले धेरै अमेरिकी सुरक्षाकर्मीको हत्या गरेको भन्ने अमेरिकाको मान्यता छ। उनले नेतृत्व गरेको ’कूड्स फोर्स’ लाई अमेरिकाले आतङ्ककारी सङ्गठन मान्छ। त्यसैले अमेरिकाले त्यसलाई वैधानिक परिभाषा दिन सक्छ।

तर यसको कानुनी पक्षबारे अन्तर्रा्ष्ट्रिय कानुनका ख्यातिप्राप्त विद्वान् तथा नोट्र डाम ल स्कूलकी प्राध्यापक म्यारी एलन ओकनलको धारणा यस्तो छ:

“जोखिमको पूर्वानुमान गर्दै आत्मरक्षाको उपायस्वरूप भनि गरिएको हत्या कदापि वैधानिक हुन सक्दैन। यहाँ सम्बन्धित हुने कानुन भनेको संयुक्त राष्ट्रसङ्घको बडापत्र हो। त्यसले आत्मरक्षालाई परिभाषित गर्दै वास्तविक र उल्लेख्य सशस्त्र आक्रमण हुँदा मात्र प्रतिक्रिया जनाउने अधिकार भनेको छ।“

“यो घटनामा अमेरिकाले गैरकानुनी हत्या मात्र हैन, इराकभित्र अवैधानिक आक्रमण पनि गरेको छ।“

हत्याका यी घटनामा राष्ट्रसङ्घको धारणा के छ? 

प्रत्येक प्रतिनिधिको व्यक्तिगत धारणाबाहेक यस विषयमा राष्ट्रसङ्घको धारणा के हो त्यो भन्न कठिन छ।

के संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को धारणा खोजिएको हो? सुरक्षा परिषद् विभाजित हुने र एकमत नहुने सम्भावना हुन्छ।

राष्ट्रसङ्घका महासचिव अन्टोन्यू गुटेरशले मध्यपूर्वमा चुलिँदो तनावप्रति आफ्नो गम्भीर चासो भएको बताएका छन्।

“यो बेला नेताहरूले अधिकतम संयमको अभ्यास गर्नुपर्छ। खाडीमा विश्वले अर्को युद्ध बेहोर्न सक्दैन,“ उनका एक प्रवक्ताले एउटा विज्ञप्तिमा भने।

के ट्रम्पविरुद्ध चलिरहेको महाभियोगको प्रकृयाबाट ध्यान मोड्न सुलेमानीको हत्या गर्ने आदेश दिइएको हो? ( मार्टिन ग्यालहर

यस्तो आरोप लगाउन सजिलो छ। आन्तरिक राजनीतिक कारण जहिले पनि महत्त्वपूर्ण हुन्छ ( विशेषगरी ट्रम्पका लागि त्यो पनि निर्वाचन हुने वर्षमा। तर यो निर्णय दुईवटा कारणले भएको हुन सक्छ ( अवसर र परिस्थिति।

इराकस्थित अमेरिकी भौतिक संरचनामा बढ्दो आक्रमण र भविष्यमा अरू आक्रमण हुन सक्ने पेन्टागनको अस्पष्ट दाबीलाई यहाँ सन्दर्भ बनाएको देखिन्छ।

अनि अमेरिकी गुप्तचर संयन्त्रको चुस्तता र पहुँचको झल्को दिँदै अवसर आफै आएको पन‌ि हुनसक्छ। इरानले कुनै जवाफी प्रतिक्रिया जनाउने निर्णय गर्दा त्यसबारे ध्यान पुर्‍याउनुपर्नेहुन्छ।

निर्वाचन हुने वर्ष राष्ट्रपति ट्रम्पको मुख्य चासो सो क्षेत्रमा अमेरिकी नागरिकको ज्यान जोगाउनु हुनेछ।

यो नाटकीय आक्रमण ट्रम्पको स्वभावभन्दा अलिकति भिन्न देखिएको छ। कडा कुरा गरे पनि काम गर्दा उनले स्पष्ट सावधानी लिने गरेका थिए।

इरानले परमाणुअस्त्र प्रयोग गरेर जबाफ दिने जोखिम छ कि छैन? के इरानसँग त्यस्तो क्षमता छ? ( ह्यारी रिक्मन

त्यस्तो जोखिम छैन। इरानसँग कुनै पारमाणविक अस्त्र कार्यक्रम छैन। तर ऊसँग त्यस्तो कार्यक्रमका लागि आवश्यक धेरै सामग्री र ज्ञान छन्।

इरानले आफूले परमाणुबम नचाहेको बताउँदै आएको छ।

तर इरानले सन् २०१५ मा गरिएको पारमाणविक सम्झौताले लगाएका प्रतिबन्ध अब नमान्ने घोषणा गरेको छ। उसले पारमाणविक पदार्थ र त्यसको संवर्धनसम्बन्धी सीमा पालना नगर्ने बताएको छ।

इरानको मन्त्रिपरिषद्को बैठकपछि त्यो घोषणा गरिएको हो।

यसअघि नै ट्रम्प प्रशासन उक्त सम्झौताबाट बाहिरिएको थियो। धेरैले त्यसलाई ट्रम्पको उद्दण्डता मान्न सक्छन्।

इराकमा अमेरिका र इरानको कस्तो भूमिका छ?

इरान शिया मुस्लिमहरूको नेतृत्व भएको इराकी सरकारको साझेदार हो।

उसले लडाकु समूहहरूमार्फत् आफ्नो काम गराउँछ र इराकमा उसको महत्त्वपूर्ण उपस्थिति देखिन्छ।

इराकमा झन्डै ५,००० अमेरिकी सैनिक छन्। इस्लामिक स्टेटलाई परास्त गर्न अमेरिकी सेनाले इराकी सैनिकलाई प्रशिक्षण दिँदै आएको छ।

वास्तवमा यी दुई बाह्य पात्र इराकमा एकअर्का्विरुद्ध सक्रिय छन्।

अहिले एउटा ठूलो प्रश्न उठेको छ ( के इराकमा अमेरिकी उपस्थितिलाई जारी नै राख्न त्यस्तो कुनै सङ्कटपूर्ण क्षण उत्पन्न होला?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा,पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम
कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा,पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम
यूवा अध्यक्ष अमात्य बनिन् मिस नेपाल नर्थ अमेरिकाको आयोजक समितिको सल्लाहकार
यूवा अध्यक्ष अमात्य बनिन् मिस नेपाल नर्थ अमेरिकाको आयोजक समितिको सल्लाहकार
फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा
कुबेत इन्टरपोलले लामालाई पक्राउ गर्यो
कुबेत इन्टरपोलले लामालाई पक्राउ गर्यो
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ६० ताेला बढी सुन बरामद
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ६० ताेला बढी सुन बरामद
चुनावी गठबन्धन र तालमेल गर्ने राप्रपाको निर्णय, को सँग मिल्ला
Samantha Bee addresses Ivanka slur at TV Academy Honors
Samantha Bee addresses Ivanka slur at TV Academy Honors
साझा र विवेकशील पार्टीबीच एकता : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने, चुनाव चिन्ह तराजु
साझा र विवेकशील पार्टीबीच एकता : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने, चुनाव चिन्ह तराजु
अर्घाखाँची जिससमा एमालेको प्यानलै निर्विरोध, प्रमुखमा चुनिए कोइराला
अर्घाखाँची जिससमा एमालेको प्यानलै निर्विरोध, प्रमुखमा चुनिए कोइराला
प्रदेश नं ७ मा एक लाख बढी नागरिक स्वास्थ्य बीमामा !
प्रदेश नं ७ मा एक लाख बढी नागरिक स्वास्थ्य बीमामा !