भूकम्पमा घाइते भएका अपांगहरूले भत्ता नपाएको गुनासो, छाक टार्नै समस्या..
सारांश
- असार ३१, २०७४- भूकम्पमा घाइते भएका अपांगहरूले भत्ता नपाएको गुनासो गरेका छन् ।
- सरकारले अपांगका नाममा बर्सेनि करोडौं खर्चे पनि आफूहरूले त्यो सुविधा नपाए उनीहरूको गुनासो छ ।
- भूकम्पमा परी २२ सय ३८ जना घाइते भएकामा आपांगको संख्या यकिन भएको छैन ।
असार ३१, २०७४- भूकम्पमा घाइते भएका अपांगहरूले भत्ता नपाएको गुनासो गरेका छन् । सरकारले अपांगका नाममा बर्सेनि करोडौं खर्चे पनि आफूहरूले त्यो सुविधा नपाए उनीहरूको गुनासो छ । भूकम्पमा परी २२ सय ३८ जना घाइते भएकामा आपांगको संख्या यकिन भएको छैन ।
हामीले किन पाएनौं थाहा पाउनुपर्छ, विदुर नगरपालिका–१० गर्खुटारकी ४२ वर्षीया अपांग दालचिनी मिजारले भनिन्, ‘बैसाखीका भरमा दैनिकी चलिरहेको छ । खेतीको आम्दानीले खान पुग्दैन ।
छाक टार्नै समस्या छ ।’ गाउँपालिका र वडा कार्यालयले प्रमाणित गरी महिला तथा बालबालिका कार्यालयले अपांगलाई रातो, हरियो र पहेंलो रङको कार्ड दिने गरेको छ । सोही कार्डअनुसार उनीहरूले ४ सयदेखि २ हजार रुपैयाँसम्मको रकम पाउने व्यवस्था छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया