कार दुर्घटना हुँदा भट्टराईको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २९, २०७६
|
|
२८ पटक हेरिएको
Shares
कार दुर्घटना हुँदा भट्टराईको मृत्यु

सारांश

  • काठमाडौँको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
  • काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा १० च ३०४ नं को कार अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरीका ५४ वर्षीय निशान भट्टराईको मृत्यु भएको हो ।
  • महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले अनियन्त्रित भएर गम्भीर घाइते भट्टराईको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिनुभयो ।

काठमाडौँको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा १० च ३०४ नं को कार अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरीका ५४ वर्षीय निशान भट्टराईको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले अनियन्त्रित भएर गम्भीर घाइते भट्टराईको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटना कसरी भयो भन्ने बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रु दश लाख रकमसहित दुई पक्राउ

प्रहरीले स्रोत नखुलेको रु नौ लाख ९९ हजार नगदसहित दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले स्रोत नखुलेको रकमसहित पर्साका २१ वर्षीय कृष्ण यादव र चितवनका ३८ वर्षीय राजु पौडेललाई सोमबार साँझ पक्राउ गरेको हो ।

काठमाडौँबाट नुवाकोट जाँदै गरेको बा २ ज ४८०२ नं को ट्याक्सी चेकजाँचका क्रममा उक्त रकम फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?