बाह्रबिसेमा निषेधाज्ञा जारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ५, २०७६
|
|
२० पटक हेरिएको
Shares
बाह्रबिसेमा निषेधाज्ञा जारी

सारांश

  • काठमाडौं,माघ ५ ।
  • बजार क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा भत्काउदा भएको विरोधमा स्थानीय र प्रहरीबिच झडप हुँदा सिन्ध्पाल्चोकको बाह्रबिसे तनावग्रस्त बनेको छ ।
  • हुलदङ्गा र तोडफोड बढेपछि जिल्ला प्रशासन कार्यालयले बाह्रबिसे क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

काठमाडौं,माघ ५ । बजार क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा भत्काउदा भएको विरोधमा स्थानीय र प्रहरीबिच झडप हुँदा सिन्ध्पाल्चोकको बाह्रबिसे तनावग्रस्त बनेको छ । हुलदङ्गा र तोडफोड बढेपछि जिल्ला प्रशासन कार्यालयले बाह्रबिसे क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी गराएकी छन् । स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ बमोजिम आदेश दिएको उनको भनाई रहेको छ ।

बाह्रबिसे नगरपालिकाले शुक्रबार अतिक्रमित टहरा भत्काउदा त्यसको विरोधमा शनिबारदेखि नै प्रदर्शन भइरहेको थियो । आइतबार फेरी आक्रोसित स्थानिय प्रदर्शनमा उत्रियपछि निषेधाज्ञा जारी गरिएको हो । अहिले त्यहाँको स्थिति शान्त रहेको छ । पसल बजार बन्द रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?