श्रीलंकाको गृहयुद्धमा वेपत्ता २० हजार मृत घोषित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ७, २०७६
|
|
२१ पटक हेरिएको
Shares
श्रीलंकाको गृहयुद्धमा वेपत्ता २० हजार मृत घोषित

सारांश

  • श्रीलंकाको गृहयुद्धमा वेपत्ता २० हजार सबै मृत भएको पुष्टि भएको छ ।
  • श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेले वेपत्ता २० हजार मारिएको घोषणा गरेका हुन् ।
  • सामेबार कालेम्बोमा श्रीलंकाका लागि संयुक्तराष्ट्रसंघका दूत हना सिंगरसँगको भेटमा उनले वेपत्ता भनिएका सबै मृत भइसकेको जानकारी दिएका हुन् ।

श्रीलंकाको गृहयुद्धमा वेपत्ता २० हजार सबै मृत भएको पुष्टि भएको छ । श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेले वेपत्ता २० हजार मारिएको घोषणा गरेका हुन् ।

सामेबार कालेम्बोमा श्रीलंकाका लागि संयुक्तराष्ट्रसंघका दूत हना सिंगरसँगको भेटमा उनले वेपत्ता भनिएका सबै मृत भइसकेको जानकारी दिएका हुन् । वेपत्ता भनिएका २० हजारको मृत्यु प्रमाणपत्र प्रदान गरिने भेटपछि राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमा भनेको छ । विज्ञप्तिमा राजापाक्षेले वेपत्ताको परिवारको विषयमा केही सम्बोधन गर्ने र उनीहरु मृत भइसकेको उल्लेख छ । श्रीलंकामा वेपत्ताबारे परिवारका सदस्यले चासो दिदै आएका थिए ।

२६ वर्ष लामो गृहयुद्धमा एक लाख मानिसको ज्यान गएको थियो । २० हजार मानिस वेपत्ता भएका थिए जसमा अधिकांश तामिल थिए । गृहयुद्धको निर्णायक अवस्थामा राजापाक्षे राष्ट्रपति थिए भने उनका भाई वर्तमान राष्ट्रपति गोटावाया राजापाक्षे रक्षा सचिव थिए ।( एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?