चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १०, २०७६
|
|
४७ पटक हेरिएको
Shares
चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

सारांश

  • बीबीसी।
  • कोरोनाभाइरसको सङ्क्रमण फैलिने चिन्ता बढ्दै गर्दा चीनको ख्हबेई प्रान्तका नगरहरूमा यात्रा प्रतिबन्धहरू अझै कडा बनाइएका छन्।
  • त्यो भाइरसका कारण अहिलेसम्म २५ जनाको ज्यान गइसकेको छ।

बीबीसी। कोरोनाभाइरसको सङ्क्रमण फैलिने चिन्ता बढ्दै गर्दा चीनको ख्हबेई प्रान्तका नगरहरूमा यात्रा प्रतिबन्धहरू अझै कडा बनाइएका छन्। त्यो भाइरसका कारण अहिलेसम्म २५ जनाको ज्यान गइसकेको छ।

करिब दुई करोड मानिसलाई यात्रा नगर्न निर्देशन दिइएको छ। फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको यो भाइरस सङ्क्रमण विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ।

चिनियाँ अधिकारीहरूका अनुसार पछिल्ला सङ्क्रमण कोरोनाभाइरसका कारण भइरहेका छन्। यस क्रममा देखिएका धेरै मध्ये छ वटाले मात्र मानिसहरूलाई सङ्क्रमित तुल्याइरहेका छन्।

अहिले देखिएको नयाँ थपिँदा ती भाइरसको सङ्ख्या सात पुग्न जान्छ।

सन् २००२ मा सार्स भन्ने भाइरसको महामारीले झन्डै आठ हजार एक सय जनालाई सङ्क्रमित तुल्याएको थियो। ती मध्ये सात सय ७४ जनाको ज्यान गयो।

तर विज्ञहरू भन्छन अहिले चिकित्सकहरू यस्ता सङ्क्रमणसँग जुध्न धेरै नै तम्तयार भइसकेका छन्। कोरोनाभाइरसको सङ्क्रमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुख्खा खोकी लाग्छ।

केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ। तर कैयौँ अवस्थामा यस्ता लक्षण नदेखिका बिरामी पनि भेटिने गरेको विज्ञहरू बताउँछन्।

कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान जानेको सङ्ख्या कुल सङ्क्रमितको तीन प्रतिशत मात्रै हो।

तर यो सङ्क्रमण प्राणघातक बन्न केही समय लाग्ने भएकोले ज्यान जानेको सङ्ख्या अझै बढ्ने भय व्यक्त भइरहेका छन्।

त्यसमाथि चिकित्सकहरूले थाहै नपाएका सङ्क्रमण कति छ भन्ने अझै प्रस्ट भइसकेको छैन।

विज्ञहरूले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन भिडभाड युक्त स्थानमा नजान, साबुनले हात धोइराख्न र बाहिर निस्किदा मास्क लगाउने सुझाव दिएका छन्।

ज्वरो र रुघाखोकी लागेमा सावधान रहन र चिकित्सकको परामर्श लिनुपर्ने उनीहरूको सुझाव छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोजपुरमा किराँतीको साढे ४ हजार मतको अग्रता
भोजपुरमा किराँतीको साढे ४ हजार मतको अग्रता
प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्चमा कामु जोशी, इजलास बहिष्कार गरेका न्यायाधीश फर्के
प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्चमा कामु जोशी, इजलास बहिष्कार गरेका न्यायाधीश फर्के
How you can Run a Mother board Meeting
हत्या गरेर बगरमा गाडिएको बालिकाको शव फेला, बलात्कारको शंका
हत्या गरेर बगरमा गाडिएको बालिकाको शव फेला, बलात्कारको शंका
आठ वर्षदेखि दुई नेपाली बेपत्ता, भारतीय प्रहरीले गायब पारेको परिवारको आरोप
आठ वर्षदेखि दुई नेपाली बेपत्ता, भारतीय प्रहरीले गायब पारेको परिवारको आरोप
उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य
उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य
अमेरिकी व्यापार प्रतिनिधिहरु वार्ताका लागि बेइजिङ आउँदै
अमेरिकी व्यापार प्रतिनिधिहरु वार्ताका लागि बेइजिङ आउँदै
भदौ १९ गते शुक्रवारको राशिफल यस्तो छ
भदौ १९ गते शुक्रवारको राशिफल यस्तो छ
पत्रकारको प्रश्नको सामना गर्न नसके पछि स्टुडियोबाट यसरी बाहिरिए उपप्रधानमन्त्री उपेन्द्र यादव (भिडियो सहित)
पत्रकारको प्रश्नको सामना गर्न नसके पछि स्टुडियोबाट यसरी बाहिरिए उपप्रधानमन्त्री उपेन्द्र यादव (भिडियो सहित)
व्यवसायी दुर्गा प्रसाईंलाई कारवाही गर्न विद्यार्थीहरुको माग
व्यवसायी दुर्गा प्रसाईंलाई कारवाही गर्न विद्यार्थीहरुको माग