एक सय पच्चीस गजलकारहरु अटाएको शैलहार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
एक सय पच्चीस गजलकारहरु अटाएको शैलहार

सारांश

  • काठमाडौं, १० फागुन ।
  • एक सय पच्चीसजना गजालकारहरुको सयुक्त गजल संग्रह “शैलहार” प्रज्ञाप्रतिष्ठानमा समारोहबीच विमोचन गरिएको छ ।
  • उक्त संग्रहमा १ सय २५ वटै गजलहरु छन्दमा लेखिएको भन्दै गजलकार पोष्टराज चापागाईंले यसलाई छन्द लेखनको क्षेत्रमा एक नवीन पाइला भएको बताएका छन् ।

काठमाडौं, १० फागुन । एक सय पच्चीसजना गजालकारहरुको सयुक्त गजल संग्रह “शैलहार” प्रज्ञाप्रतिष्ठानमा समारोहबीच विमोचन गरिएको छ । उक्त संग्रहमा १ सय २५ वटै गजलहरु छन्दमा लेखिएको भन्दै गजलकार पोष्टराज चापागाईंले यसलाई छन्द लेखनको क्षेत्रमा एक नवीन पाइला भएको बताएका छन् ।

“गजलकारहरुको यस्तो संयुक्त प्रयासले आगामी दिनमा गजलको क्षेत्र अझ बृहत् हुँदै जानेछ”, चापागाईले भने । उक्त कार्यक्रम पोष्टराज चापागाई, प्रतीक ढकाल, दुर्गा पौडेल, रामबहाुदर पहाडी, रमेश पौडेल, मानन्धर अभागी, महादेव अधिकारी, जीवन कश्यप, जीत कार्की, सुनिल अधिकारी, मञ्जुश्री प्रधानको आतिथ्यतामा भएको थियो । पुस्तकमा समावेश गजलहरु स्वयं गजलकारहरुले वाचन गरेका थिए । मायाघर नामक बालगृहका वालबालिकाले नाच प्रस्तुत गरेका थिए ।

गजल संग्रहको सम्पादन नारायण काइँलो, कृष्ण भुसाल प्यासी, रेशम अधिकारीले गरेका छन् । सम्पादक नारायण काइँलोले, नयाँ पुस्ताका गजल लेखकहरुबाट पनि सशक्त रचना आएकाले आफूले खासै मिहेनत गर्नु नपरेको भन्दै गजलकारहरुको प्रशंसा गरेका थिए ।

शैलहार गजलसंग्रह गौरी पब्लिक रिलेसन एण्ड पब्लिकेशनले प्रकाशित गरेको हो । कार्यक्रममा पुस्तक बिक्रीवाट जम्मा भएको रकम रु. २० हजारबाट रु १० हजार मायाघर नामक बालगृहलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?