माइक्रोबस दुर्घटनामा चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १२, २०७६
|
|
१८ पटक हेरिएको
Shares
माइक्रोबस दुर्घटनामा चालकको मृत्यु

सारांश

  • काठमाडौं, माघ १२ ।
  • झापाबाट काठमाडौं आउदै गरेको बा४ख ६९६ नंको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरीका अनुसार दुर्घटनामा काठमाडौं महानगरपालिका–११ गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजनको मृत्यु भएको छ ।

काठमाडौं, माघ १२ । झापाबाट काठमाडौं आउदै गरेको बा४ख ६९६ नंको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरीका अनुसार दुर्घटनामा काठमाडौं महानगरपालिका–११ गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजनको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका २० यात्रुको सिन्धुलीको विभिन्न अस्पतालमा उपचार भैराखेको प्रहरीले बताएको छ ।

माइक्रोबस सडकबाट अन्दाजी ३५ मिटर तल खसी दुर्घटना भएको थियो । बाक्लो हुस्सु र तीव्रगतिका कारण माइक्रोबस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?