प्रदेश नम्बर २ को राजधानी जनकपुर बनाउने सहमति
सारांश
- काठमाडौं।
- प्रदेश नम्बर २ को राजधानी जनकपुर हुने भएको छ।
- प्रदेश नम्बर २ का सभामुख सरोजकुमार यादवको संयोजकत्त्वमा रहेको समितिमा राजधानीबारे सहमति भएको जनाइएको छ।
काठमाडौं। प्रदेश नम्बर २ को राजधानी जनकपुर हुने भएको छ। प्रदेश नम्बर २ का सभामुख सरोजकुमार यादवको संयोजकत्त्वमा रहेको समितिमा राजधानीबारे सहमति भएको जनाइएको छ।
समितिमा सत्तारुढ राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले सँयुक्त प्रस्ताव ल्याएका थिए भने विपक्षीहरु काँग्रेस र नेकपाले फरक फरक प्रस्ताव ल्याएका थिए। तर, सबैले जनकपुरलाई भने केन्द्रविन्दुमा राखेका थिए। खाली राजधानीको सीमाका विषयमा फरक फरक प्रस्ताव थिए।
तर, समितिमा सबै दलको साझा धारणाका रुपमा राजधानी जनकपुर बनाउने सहमति भएको हो। राजधानीबारे सहमति भए पनि नामबारे भने सहमति जुटिनसकेको जनाइएको छ। नामका विषयमा पनि समितिमा छलफल चलिरहेको स्रोतले बताएको छ।
यसअघि नै जनकपुर अस्थायी राजधानी तोकिएकाले प्रदेश सभा र प्रदेश सरकार अहिले पनि जनकपुरबाट चल्दै आएको छ।
प्रतिक्रिया