तत्काल तीन स्थानमा स्थानान्तरण गर्न सकिने पुल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १६, २०७६
|
|
३७ पटक हेरिएको
Shares
तत्काल तीन स्थानमा स्थानान्तरण गर्न सकिने पुल

सारांश

  • काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्ष्भित्रै सक्नेगरी तीन स्थानमा स्थानान्तरण गर्नसक्ने आकाशे पुल निर्माण कार्य थालेको छ ।
  • अत्यधिक मात्रामा पैदलयात्रुको चाप हुने गरेको माइतीघर, जयबागेश्वरी र चाबहिल चोकमा निर्माणको तयारी भइरहेको छ ।
  • ती तीन स्थानमा निर्माण हुने पुल ढिलोमा चालू आर्थिक वर्ष्भित्रै सकिने गरी योजना बनाइरहेको कामपाले जानकारी गराएको छ ।

काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्ष्भित्रै सक्नेगरी तीन स्थानमा स्थानान्तरण गर्नसक्ने आकाशे पुल निर्माण कार्य थालेको छ । अत्यधिक मात्रामा पैदलयात्रुको चाप हुने गरेको माइतीघर, जयबागेश्वरी र चाबहिल चोकमा निर्माणको तयारी भइरहेको छ । ती तीन स्थानमा निर्माण हुने पुल ढिलोमा चालू आर्थिक वर्ष्भित्रै सकिने गरी योजना बनाइरहेको कामपाले जानकारी गराएको छ ।

ती तीन स्थानसँगै माइतीघर, टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर र गौशाला चोकमा पनि स्थानान्तरण गर्न सकिने पुल निर्माण कार्य गर्ने कामपाको योजना छ । यस्ता खालको पुल निर्माणकै लागि कामपाले चालू आवमा रु पाँच करोड बजेट विनियोजन गरेको छ ।

महानगरले बनाउन लागेका सार्न मिल्ने पुलमध्ये माइतीघरको पुरातत्व विभाग अगाडि निर्माण शुरु भइसकेको छ । त्यसैगरी चाबहिल र जयबागेश्वरीमा पनि यही महिनाबाटै पुल निर्माण अगाडि बढ्ने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो ।

कामपाले अघिल्लो आर्थिक वर्षमै १० स्थानमा सार्न मिल्ने पुल निर्माण गर्ने बताए पनि हालसम्म तीन ठाउँमा मात्र पुल बन्ने निश्चित भएको हो । आकाशे पुल निर्माणसँगै दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन कार्यमा ठूलो सहयोग पुग्ने कामपाले जनाएको छ ।

नयाँ बन्ने पुल एक ठाउँबाट अर्को ठाउँमा आवश्यकताअनुसार सजिलै स्थानान्तरण गर्न सकिनेछ । यस्तो पुल पहिलो पटक बन्न लागेको हो । यसअघि परीक्षणका रूपमा पुरानो बसपार्क अगाडि स्थानान्तरण गर्न मिल्ने पुल बनेको थियो ।

कामपाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल चालू छन् । रत्नपार्कमा एउटा सब–वे छ ।

भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छन् । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको कामपा आफैँले स्वीकारेको छ । काठमाडोँ उपत्यकामा नयाँ र पुराना गरी ३० वटा आकाशे पुल रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता
सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता
सप्तरीको स्थानीय तहका कार्यालयमा मोर्चाद्धारा तालाबन्दी
सुनसरीको घुस्की मस्जिदबाट ६ विदेशी प्रहरीको नियन्त्रणमा
सुनसरीको घुस्की मस्जिदबाट ६ विदेशी प्रहरीको नियन्त्रणमा
१३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट,तपाईको स्थानीय तहमा कति छुट्याइयो ?
१३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट,तपाईको स्थानीय तहमा कति छुट्याइयो ?
यसकारण सलमान खानले जन्मदिन नमनाउँने
यसकारण सलमान खानले जन्मदिन नमनाउँने
बहुमतको बलमा संविधान संशोधन गर्दैनौं, विधि र प्रक्रियाबाटै हुन्छः उपप्रधानमन्त्री सिंह
बहुमतको बलमा संविधान संशोधन गर्दैनौं, विधि र प्रक्रियाबाटै हुन्छः उपप्रधानमन्त्री सिंह
लालबाबुलाई लक्षित गरी बम विस्फोट
लालबाबुलाई लक्षित गरी बम विस्फोट
क्यासिनो प्यालेसद्वारा गुण्डा र प्रहरीलाई प्रयोग गरेर मजदुरमाथि निरन्तर प्रहार
क्यासिनो प्यालेसद्वारा गुण्डा र प्रहरीलाई प्रयोग गरेर मजदुरमाथि निरन्तर प्रहार
भ्रष्टाचार विरोधि अभियान अन्तर्गत करिब छ हजार चिनियाँ अधिकारी कारबाहीमा
भ्रष्टाचार विरोधि अभियान अन्तर्गत करिब छ हजार चिनियाँ अधिकारी कारबाहीमा
आईजीपी मेरो विपक्षी हुन्, ममाथि छानबिन गर्न पाउँदैनन् : नवराज सिलवाल
आईजीपी मेरो विपक्षी हुन्, ममाथि छानबिन गर्न पाउँदैनन् : नवराज सिलवाल