क्रिकेट प्रमुख प्रशिक्षक पटुवालद्वारा राजीनामा
सारांश
- काठमाडौं।
- नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटुवालले प्रशिक्षकबाट राजीनामा दिएका छन्।
- गत जेठमा राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका पटुवालले नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणीय श्रृंखला सम्पन्न भएपछि लागु हुने गरी राजीनामा दिएको स्रोतले जनाएको छ।
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटुवालले प्रशिक्षकबाट राजीनामा दिएका छन्। गत जेठमा राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका पटुवालले नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणीय श्रृंखला सम्पन्न भएपछि लागु हुने गरी राजीनामा दिएको स्रोतले जनाएको छ।
गएको जेठमा नेपाल क्रिकेट संघ (क्यान) निलम्बन रहेको अवस्थामा आईसीसीले भारतीय नागरिक पटुवाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।
गएको असोजमा क्यान निलम्बन फुकुवा भयो। क्यानमा नयाँ कार्यसमिति पनि आयो। तर, पटुवाल र क्यानबीच सम्बन्ध राम्रो नभएको चर्चाकाबीच उनको राजीनामा आएको हो। खासगरी पटुवाल प्रशिक्ष भएपछि नेपालले खेलेको महत्वपूर्ण प्रतियोगिता सिंगापुरमा सम्पन्न टि ट्वान्टी विश्व कप छनोट थियो।
सो प्रतियोगितामा नेपालले विर्सन लाएक खेल्यो। त्यसपछि पटुवालले नेपाली टिममा विश्व कप खेल्नै स्तर नै नभएको प्रतिक्रिया दिए। उनको यो प्रतिक्रियापछि पनि निकै आलोचना भएको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया