भीम रावललाई मन्त्री बनाउन केपी ओलीले नाटक गरे : डा. केसी (भिडियो)

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २२, २०७६
|
|
३९ पटक हेरिएको
Shares
भीम रावललाई मन्त्री बनाउन केपी ओलीले नाटक गरे : डा. केसी (भिडियो)

सारांश

  • काठमाडौं, २२ माघ ।
  • राजनीतिक विश्लेषक प्रा.
  • डा.

काठमाडौं, २२ माघ । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले एमसिसी पारित भएरै छोड्ने घोषणा गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै केसीले यस्तो बताएका हुन् ।

उनले एमसीसीबारे नेकपाले गठन गरेको अध्ययन कार्यदलको औचित्यमाथि नै प्रश्न उठाए । उनले भने,‘एमसीसीबारे जब कार्यदल गठन गरिएको छ, अनि सबै आयोगले दिएको प्रतिवेदनअनुसार काम हुन्छ भन्नुपर्ने होईन ? तर, अहिले प्रधानमन्त्रीले पारित हुन्छ भनेर बोल्नुभएको छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भीम रावललाई सानो मन्त्री दिने र झलनाथ खनाललाई राष्ट्रपति बनाउनको लागि यस्तो नाटक गरेको टिप्पणी गरे । उनले भने,‘त्यसको लागि नेपाली जनतालाई मुर्ख बनाउनु राम्रो थिएन, मैले त्यतिमात्रै भनेको हुँ ।’ तर, उनले यो उधारो सम्झौतापनि हुनसक्ने भन्दै वामदेव गौतमसँगको सम्झौता सम्झाईदिए ।

 

https://youtu.be/MOsmNgyIXoU

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?