अख्तियार प्रमुखलाई कारबाही गर्ने कांग्रेस भातृ संगठनहरुको चेतावनी, काठमाडौंमा प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
२२ पटक हेरिएको
Shares
अख्तियार प्रमुखलाई कारबाही गर्ने कांग्रेस भातृ संगठनहरुको चेतावनी, काठमाडौंमा प्रदर्शन

सारांश

  • काठमाडौं, २६ माघ ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठनहरु नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विरुद्धमा आज देशव्यापी रुपमा प्रदर्शन गरेका छन् ।
  • उनीहरुले आयोग पूर्वाग्रही भएको आरोप लगाएका छन ।

काठमाडौं, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठनहरु नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विरुद्धमा आज देशव्यापी रुपमा प्रदर्शन गरेका छन् । उनीहरुले आयोग पूर्वाग्रही भएको आरोप लगाएका छन ।

उपसभापति विजयकुमार गच्छदारविरुद्ध पूर्वाग्रही ढंगले विशेष अदालतमा मुद्दा दायर भएको भन्दै सरकारविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका कांग्रेसका भ्रातृ संगठनहरूले अख्तियारकै कार्यालय प्रवेश गरेर प्रमुख आयुक्त र आयुक्तलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।सोमबार नयाँ बानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कांग्रेसप्रति पूर्वाग्रह राखेर अख्तियार बालुवाटारको निर्देशन मानी रहेको आरोप लगाए ।

त्यस्तै, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले आफूहरू कानुन र अख्तियारको विरोधमा नभएको स्पष्ट पार्दै विभेद नसहने जिकिर गरे । उनले सरकार र अख्तियारलाई झुकाएरै छाड्ने दाबीसमेत गरेका हुन् । उनले भने,“हामी कानुन र अख्तियारको विरोधमा छैनौं । हामी कानुन र अख्तियारको सम्मान गर्छौं । तर विभेद सहन्नौ । पूर्वाग्रहपूर्ण व्यवहार गर्ने सरकार र अख्तियारलाई झुकाएरै छाड्छौं ।”

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?