बिदा हुँदै प्रहरी महानिरीक्षक खनाल, नयाँ महानिरीक्षकको टुंगो आज

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
बिदा हुँदै प्रहरी महानिरीक्षक खनाल, नयाँ महानिरीक्षकको टुंगो आज

सारांश

  • काठमाडौं ।
  • प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा हदका कारण मंगलबार अनिवार्य अवकाश पाउँदै छन् ।
  • उनको स्थानमा प्रहरी संगठनको नेतृत्व कसले सम्हाल्ने भन्नेबारे सरकार अझै निर्णयमा पुग्न सकेको छैन ।

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा हदका कारण मंगलबार अनिवार्य अवकाश पाउँदै छन् । उनको स्थानमा प्रहरी संगठनको नेतृत्व कसले सम्हाल्ने भन्नेबारे सरकार अझै निर्णयमा पुग्न सकेको छैन ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न सकेन । यो पटक महानिरीक्षक खनालसँगै उनका ब्याजी तीन अतिरिक्त महानिरीक्षकहरू र १८ प्रहरी नायव महानिरीक्षकले समेत अवकाश पाउँदै छन् । त्यसैले अब प्रहरी संगठनको नेतृत्वमा प्रहरी नायव महानिरीक्षकमध्येबाटै एक जनाले जिम्मेवारी पाउने देखिन्छ ।

प्रहरी नायव महानिरीक्षकत्रय ठाकुर ज्ञवाली, तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय महानिरीक्षकका दाबेदार हुन् । कार्यसम्पादन मूल्यांकन र ज्येष्ठतामा ज्ञवाली पहिलो नम्बरमा छन् भने लम्साल दोस्रो र उपाध्याय तेस्रो नम्बरमा छन् । यी तीनै जना महानिरीक्षक खनालका वैकल्पिक ब्याजी हुन् ।

उनीहरू २०४७ असार २५ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । दुईमध्ये जसले प्रहरी संगठनको नेतृत्व सम्हाले पनि आगामी असार २४ गते ३० वर्षे सेवाहदका कारण दुवैले अनिवार्य अवकाश पाउनेछन् । यसअनुसार यी दुईमध्येबाट जो महानिरीक्षक बने पनि पाँच महिनामा कार्यकाल सकिनेछ ।

प्रहरीको नयाँ नेतृत्वले लामो समयदेखि रोकिएको बढुवा प्रक्रियालाई अघि बढाउन पहिलो प्राथमिकता दिनुपर्ने चुनौती छ । प्रहरी संगठनमा लामो समयदेखि बढुवा प्रक्रिया अवरुद्ध हुँदा वृत्ति विकासमा समेत असर परेको अधिकारीहरू बताउँदै आएका छन् ।

स्रोतका अनुसार मंगलबार मन्त्रिपरिषद् बैठक बसेर प्रहरी महानिरीक्षकका सम्बन्धमा टुंगो लगाउनेछ । सोमबार बसेको बैठकमा सामान्य छलफल भए पनि कसलाई महानिरीक्षक बनाउने भन्नेबारे निर्णय नभएको स्रोतले जनायो । ‘मंगलबार बिहान मन्त्रिपरिषद् बैठक बोलाइएको छ,’ स्रोतले भन्यो, ‘प्रहरी महानिरीक्षकका बारेमा निर्णय हुन सक्छ ।’

(bullfrogspas.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुराम र उपेन्द्रका यस्ता योजना : ११ प्रदेश र कार्यकारी राष्ट्रपतिको एजेण्डा व्युँताउने, प्रचण्डसँग सहकार्य !
बाबुराम र उपेन्द्रका यस्ता योजना : ११ प्रदेश र कार्यकारी राष्ट्रपतिको एजेण्डा व्युँताउने, प्रचण्डसँग सहकार्य !
टीआरसी आयोगमा ७० बढीको आवेदन, पदाधिकारी चयनको बाटो खुल्यो
टीआरसी आयोगमा ७० बढीको आवेदन, पदाधिकारी चयनको बाटो खुल्यो
जब शाहिद कपुरले इस्टाग्राममा ‘आई लभ यू कट्रिना कैफ’ लेखे !
जब शाहिद कपुरले इस्टाग्राममा ‘आई लभ यू कट्रिना कैफ’ लेखे !
चितवन बस दुर्घटना: एक जनाकाे मृत्यु, घाइतेकाे संख्या १८ पुग्याे
चितवन बस दुर्घटना: एक जनाकाे मृत्यु, घाइतेकाे संख्या १८ पुग्याे
लिच्छविकालीन ढुङ्गेधारा मर्मत गरिने !
लिच्छविकालीन ढुङ्गेधारा मर्मत गरिने !
डा. गोविन्द केसी १६ औं अनसनको तयारीमा
डा. गोविन्द केसी १६ औं अनसनको तयारीमा
एसइई नतिजामा माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे
एसइई नतिजामा माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु
पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोटस् बाह्र जनाको मृत्यु
दाेस्राे पटक थपेकाे म्याद सकिँदा पनि बनेन पुल, जिल्लावासी आक्रोशित
दाेस्राे पटक थपेकाे म्याद सकिँदा पनि बनेन पुल, जिल्लावासी आक्रोशित
रेल दुर्घटनामा तीनको मृत्यु, ६५० घाइते
रेल दुर्घटनामा तीनको मृत्यु, ६५० घाइते

तपाईंले छुटाउनुभयो कि?