सिन्धुपाल्चोकमा कोरोना भाइरसको आशंका, २०१ जना विरामी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २९, २०७६
|
|
२८ पटक हेरिएको
Shares
सिन्धुपाल्चोकमा कोरोना भाइरसको आशंका, २०१ जना विरामी

सारांश

  • काठमाडौं।
  • चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका विरामी भएपछि गाउँपालिकाले सहयोगका लागि सरोकारवालालाई पत्राचार गरेको छ।
  • सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर ३ मा कोरोना भाइरसको संक्रमणका लक्षण देखिएको छ।

काठमाडौं। चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका विरामी भएपछि गाउँपालिकाले सहयोगका लागि सरोकारवालालाई पत्राचार गरेको छ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर ३ मा कोरोना भाइरसको संक्रमणका लक्षण देखिएको छ। जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले हालसम्म २०१ जनामा कोरोना भाइरसको संक्रमणको लक्षण देखिएको जानकारी दिए। 
उनले यसको लक्षण देखिने वित्तिकै मन्त्रालयलाई पत्र देखेर जानकारी गराएको बताए।  गाउँपालिकाले अत्यन्त जरुरी पत्र भन्दै बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई पत्र पठाएको छ। तर, मन्त्रालयले भने आफूहरुसँग जनशक्ति नभएको जवाफ दिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए।

अहिले गाउँपालिकाले मात्रै उपचार गरिरहेको उनको भनाइ थियो। आफू विहानैदेखि मास्क, औषधिलगायतका समाग्री लिएर आफू अहिले पनि प्रभावित क्षेत्रमा रहेको उनको भनाइ छ। करिब १०० जना नर्सहरुले आकस्मिक सेवा दिइरहेका छन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?