आज फेब्रुअरी १४, ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २, २०७६
|
|
३१ पटक हेरिएको
Shares
आज फेब्रुअरी १४, ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस

सारांश

  • काठमाडाैं।
  • पश्चिमी देशमा फेब्रुअरी १४ तारिखमा मनाउने भ्यालेन्टाइन डे पछिल्ला समयमा नेपालमा पनि मनाउन थालिएको छ।
  • नेपालका शहरी क्षेत्रमा यसको प्रभाव धेरै पाइएको छ।
काठमाडाैं। पश्चिमी देशमा फेब्रुअरी १४ तारिखमा मनाउने भ्यालेन्टाइन डे पछिल्ला समयमा नेपालमा पनि मनाउन थालिएको छ।

नेपालका शहरी क्षेत्रमा यसको प्रभाव धेरै पाइएको छ। याे दिन आफूले प्रेम गरेको र मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने, रातो गुलाबलगायत उपहार दिने गरिन्छ।

इटालीका पादरी सेन्ट भ्यालेन्टाइनले तत्कालीन नियमविरुद्ध सैनिकहरुको प्रेम विवाह गराइदिएको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

सैनिकको विवाह गराइदिएका पादरी भ्यालेन्टाइनलाई तत्कालीन शासकले मृत्युदण्ड दिए पनि उनी प्रेमी–प्रेमिकाका लागि सधैँ अमर रहेको भन्दै फेब्रुअरी १४ मा प्रणय दिवस मनाउन थालिएको हो।

प्रणय दिवसको दिन विशेषगरी गुलाबको फूल दिएर प्रेम अभिव्यक्त गर्ने भएकाले आज गुलाबको फूलको कारोबार बढी हुने व्यवसायीले बताएका छन्। युवा युवतीले भने भ्यालेन्टाइन डे मा डेटिङ जाने स्थानकाे अभाव रहेकाे गुनासाे गरेका छन्। काठमाडाैंमा प्रयाप्त पार्क र खुल्ला ठाउँ नभएकाले युवा युवतीलाई समस्या हुने गरेकाे उनीहरुकाे गुनासाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
निर्मला हत्या प्रकरण : प्रहरी यातनाबाट मानसिक समस्या देखिएपछि विशाललाई उपचारको लागि काठमाडौं
वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्
वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्
यसकारण लोकप्रिय बन्दैछन ओखलढुंगामा अम्बिरबाबु गुरुङ
यसकारण लोकप्रिय बन्दैछन ओखलढुंगामा अम्बिरबाबु गुरुङ
एसिया कप छनाेटः तिन दावेदार नेपाल, ह‌ङ्कङ् र युएइकाे यस्ताे रह्याे पहिलाे इन्निङ
एसिया कप छनाेटः तिन दावेदार नेपाल, ह‌ङ्कङ् र युएइकाे यस्ताे रह्याे पहिलाे इन्निङ
लकडाउन टिप्सः ॐ उच्चारण गर्नुस् यस्ता छन् फाइदा
लकडाउन टिप्सः ॐ उच्चारण गर्नुस् यस्ता छन् फाइदा
मन्त्री पुनद्वारा चार गरीब विद्यार्थीलाई सहयोग
वैदेशिक रोजगार विभागकै महानिर्देशक ठगकाे संरक्षण गर्दै
वैदेशिक रोजगार विभागकै महानिर्देशक ठगकाे संरक्षण गर्दै
रसुवाको टिमुरेमा पहिरो जाँदा चारजनाको ज्यान गयो
रसुवाको टिमुरेमा पहिरो जाँदा चारजनाको ज्यान गयो
दुई बुँदे सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार
दुई बुँदे सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार
राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरिने
राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरिने

तपाईंले छुटाउनुभयो कि?