ल्होसार गुथुक साँझको तयारी पुरा, साम्दे शेर्पा पुररस्कारबाट पुरस्कृत हुँदैछन् यी ३ श्रष्टा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
ल्होसार गुथुक साँझको तयारी पुरा, साम्दे शेर्पा पुररस्कारबाट पुरस्कृत हुँदैछन् यी ३ श्रष्टा

सारांश

  • ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार २०७६’ बाट धुर्व रत्न हाडा, दीपाश्री निरौला र आङ फुर्वा (एपी) शेर्पा पुरस्कृत हुने भएका छन् ।
  • हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले वार्षिकरुपमा आयोजना गर्दै आएको ‘ल्होसार गुथुक साँझ’को अवसर पारेर हास्यव्यंग्य क्षेत्रका दुवै श्रष्टालाई पुरस्कृत गर्न लागिएको केन्द्रका अध्यक्ष छिरिङ शेर्पाले बताए ।
  • यो वर्ष ‘साम्दे शेर्पा राष्ट्रिय पुरस्कार’ हाडा, साम्दे शेर्पा नव प्रतिभा पुरस्कार निरौला र साम्दे शर्पा स्मृति पुरस्कार शेर्पाले पाउँदैछन् ।

‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार २०७६’ बाट धुर्व रत्न हाडा, दीपाश्री निरौला र आङ फुर्वा (एपी) शेर्पा पुरस्कृत हुने भएका छन् । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले वार्षिकरुपमा आयोजना गर्दै आएको ‘ल्होसार गुथुक साँझ’को अवसर पारेर हास्यव्यंग्य क्षेत्रका दुवै श्रष्टालाई पुरस्कृत गर्न लागिएको केन्द्रका अध्यक्ष छिरिङ शेर्पाले बताए । यो वर्ष ‘साम्दे शेर्पा राष्ट्रिय पुरस्कार’ हाडा, साम्दे शेर्पा नव प्रतिभा पुरस्कार निरौला र साम्दे शर्पा स्मृति पुरस्कार शेर्पाले पाउँदैछन् ।

महायानी बौद्ध धर्मावलम्वीको महान चाड च्याक फो चिवा लो २१४७ औँ ग्याल्पो ल्होसारको अवसरमा सांस्कृतिक केन्द्रले आयोजना गर्ने ल्होसार गुथुक साँझको तयारीको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रका अध्यक्ष शेर्पाले कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भएको बताए ।

बिहिबार नेपाल शेर्पा संघको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले शेर्पा समुदायको भाषा, संस्कृति तथा रितिरिवाजको जगेर्ना गर्नका लागि सबै एकजुट हुनु पर्ने बताए । कार्यक्रममा नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्वु लामा, शेर्पा संघका महासचिव लाक्पा शेर्पा, नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पा लगायत उपस्थित थिए ।

अघिल्ला वर्षहरुमा जस्तै यसपटक पनि साम्दे शेर्पा स्मृति पुरस्कार प्रदान गर्ने बाहेक साम्दे शेर्पा स्मृति वक्तृत्वकला तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक आङ डोमा शेर्पाले बताइन् ।

दुई दिने कार्यक्रमको पहिलो दिन फागुन १० गते शनिबार सांसद जिप छिरिङ लामाको प्रमुख आतिथ्यतामा साम्दे शेर्पा वक्तृत्वकला, ल्होसार गुथुक साँझ तथा वृहत सांस्कृतिक कार्यक्रम हुनेछ । त्यस्तै कार्यक्रमको दोस्रो दिन फागुन ११ गते आइतबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार प्रदान, ल्होसार शुभकामना तथा सांगीतिक कार्यक्रम गरिनेछ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    AffiliateLabz

    Great content! Super high-quality! Keep it up! 🙂

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कहिले हुन्छ बेपत्ता भएकाहरुकाे ‘श्वास\लाश’ सार्वजनिक ?
पार्टीलाई पानीजस्तो गरी बहुमत वर्षेको होइन : प्रम ओली
पार्टीलाई पानीजस्तो गरी बहुमत वर्षेको होइन : प्रम ओली
प्रधानमन्त्रीले जेठ १७ गतेदेखि भारतको भ्रमण गर्ने
प्रधानमन्त्रीले जेठ १७ गतेदेखि भारतको भ्रमण गर्ने
पीडितले कहिलेसम्म पैसा तिरेर रगत लिनुपर्ने ? : अध्यक्ष दाहाल
पीडितले कहिलेसम्म पैसा तिरेर रगत लिनुपर्ने ? : अध्यक्ष दाहाल
Play Casino Online – How Does This Work?
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
महाशिवरात्रि तथा सेना दिवस–टुँडिखेलमा बढाइँ : समारोहमा राष्ट्रपति सरिक
महाशिवरात्रि तथा सेना दिवस–टुँडिखेलमा बढाइँ : समारोहमा राष्ट्रपति सरिक
नेकपाभित्र बढ्दो चीन मोह
नेकपाभित्र बढ्दो चीन मोह
चुनावमा भ्रष्टाचार! दाताले दिएका ९ सय ल्यापटप किनेको बिलदेखि-५० मिटरको २ हजार ट्याक्सी भाडासम्म
करेन्ट लागेर एक मजदुरको मृत्यु
करेन्ट लागेर एक मजदुरको मृत्यु

तपाईंले छुटाउनुभयो कि?