ओलीलाई फेरि महिलाको मृगौला

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १८, २०७६
|
|
३७ पटक हेरिएको
Shares
ओलीलाई फेरि महिलाको मृगौला

सारांश

  • काठमाडौं, १८ फागुन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि महिलाको मृगौला पाउने भएका छन् ।
  • यसअघि उनले बुहारी नाता पर्ने अन्जना घिमिरेको मृगौला प्रत्यारोपण गरेका थिए ।

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि महिलाको मृगौला पाउने भएका छन् । यसअघि उनले बुहारी नाता पर्ने अन्जना घिमिरेको मृगौला प्रत्यारोपण गरेका थिए ।

अन्जनाको मृगौलाले ओली झण्डै १४ वर्ष सक्रिय जीवन बिताउन सके । तर, पछिल्लो समय प्रत्यारोपण गरिएको मृगौलामा समस्या आएपछि उनी डायलासिस गर्दै आएका छन् ।

ओलीलाई यसपटक पनि महिलाले मृगौला दिने भएकी छिन् । उनी ओलीकी नजिककी नातेदार हुन् । उनको नाम गोप्य राखिएको छ । ओलीसँग मृगौला म्याच भएपछि ती महिलाको मृगौला प्रत्यारोपण गर्ने टुंगोमा चिकित्सक पुगेका हुन् । विश्वस्त स्रोतका अनुसार ती महिला ३० वर्ष मुनीकै छिन् । यसअघि ओलीले अन्जना घिमिरेको मृगौला प्रत्यारोपण गर्दा उनी २१ वर्षकी थिइन् ।

ओलीलाई मृगौला दिन उनका धेरै आफन्तहरु तयार भएका थिए । त्यसमध्ये एक महिलालाई छनोट गरी लामो परीक्षणपछि तयार गरिएको हो । मृगौला प्रत्यारोपणका लागि नजिकको आफन्त हुनुपर्ने कानुनी प्रावधान रहेको छ ।

ओलीले यसअघि भारतमा मृगौला प्रत्यारोपण गरेकामा यसपटक देशभित्रै गर्ने बताइएको छ । मृगौला प्रत्यारोपणका लागि उनी बुधबार अस्पताल भर्ना हुने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भट्टराईको हत्या:मुखमा सिरानी कोचि,देब्रे आँखा बाहिर
भट्टराईको हत्या:मुखमा सिरानी कोचि,देब्रे आँखा बाहिर
पाँचथर हत्याकाण्ड : मृतक परिवारलाई केहीदिन अघि मात्र नुनमा शिशा हालेर खुवाईएको तथ्य बाहिरियो
पाँचथर हत्याकाण्ड : मृतक परिवारलाई केहीदिन अघि मात्र नुनमा शिशा हालेर खुवाईएको तथ्य बाहिरियो
सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रपतिको चुनाव हुनुपर्छ
सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रपतिको चुनाव हुनुपर्छ
वार्नरको कप्तानीमा बीपीएल डेब्यु गर्दै सन्दीप
वार्नरको कप्तानीमा बीपीएल डेब्यु गर्दै सन्दीप
आज इन्द्रजात्रा, वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी मनाइँदै
आज इन्द्रजात्रा, वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी मनाइँदै
भोकमरी कायमै छ भने विकास र मानवअधिकारका कुरा गरेर हुँदैन : अध्यक्ष ओली
भोकमरी कायमै छ भने विकास र मानवअधिकारका कुरा गरेर हुँदैन : अध्यक्ष ओली
जुटको बोराको झोला भित्रबाट नियन्त्रित लागु औषध सहीत एक युवा पक्राउ
जुटको बोराको झोला भित्रबाट नियन्त्रित लागु औषध सहीत एक युवा पक्राउ
कस्तो छ आजको मौसम ?
कस्तो छ आजको मौसम ?
काठमाडौंमा एकैदिन सर्वाधिक २०५ कोरोना संक्रमित थपिए
काठमाडौंमा एकैदिन सर्वाधिक २०५ कोरोना संक्रमित थपिए
ज्यान लिने चालकको लाइसेन्स खारेज गर्न आदेश
ज्यान लिने चालकको लाइसेन्स खारेज गर्न आदेश