कोरोना प्रकोपः कक्षा ९ सम्मको परीक्षा चैत ५ भित्र सक्न निर्देशन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २०, २०७६
|
|
२५ पटक हेरिएको
Shares
कोरोना प्रकोपः कक्षा ९ सम्मको परीक्षा चैत ५ भित्र सक्न निर्देशन

सारांश

  • संसारभर कोरोना (कोभिड(१९) भाइरसको संक्रमण बढेसँगै सरकारले चैत ५ गतेभित्र कक्षा ९सम्मको परीक्षा सक्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ।
  • मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएको हो।
  • मन्त्रालयको विज्ञप्तिमा कोरोना भाइरस संक्रमणबाट सतर्कता अपनाउन आग्रह गरेको छ।

संसारभर कोरोना (कोभिड(१९) भाइरसको संक्रमण बढेसँगै सरकारले चैत ५ गतेभित्र कक्षा ९सम्मको परीक्षा सक्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ।

मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएको हो। मन्त्रालयको विज्ञप्तिमा कोरोना भाइरस संक्रमणबाट सतर्कता अपनाउन आग्रह गरेको छ। सँगै विद्यालयमा कुनै पनि सभा र कार्यक्रम आयोजना नगर्न आह्वान गरिएको छ।

‘विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र सन्त्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउनु उपयुक्त भएकाले विद्यालयगत रुपमा सञ्चालन हुने शैक्षिक सत्र २०७६ को कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने अवस्था गर्न गराउन तथा विद्यालयमा सभा, सभारोह, वार्षिक उत्साव लगायत जनभेला हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न, नगराउन यस मन्त्रालय सम्बन्धित सबैमा आह्वान गर्दछ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) चैत ६ देखि १५ गतेसम्म हुने कार्यतालिका सार्वजनिक गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सजाय रोक्न माग गर्दै राहुल गान्धी उच्च अदालतमा
सजाय रोक्न माग गर्दै राहुल गान्धी उच्च अदालतमा
मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेम्वाङ
मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : नेम्वाङ
वायुसेवा निगमले तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ गर्ने
वायुसेवा निगमले तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ गर्ने
अब काठमाडौँ उपत्यकामा अपरिचितलाई रोक, नौलो मान्छे आए प्रहरीलाई खबर गर्न निर्देशन
अब काठमाडौँ उपत्यकामा अपरिचितलाई रोक, नौलो मान्छे आए प्रहरीलाई खबर गर्न निर्देशन
मगर जातिको ‘पुन’ थरमा रहेको भ्रम र यथार्थ
मगर जातिको ‘पुन’ थरमा रहेको भ्रम र यथार्थ
छठका लागि जनकपुरमा मात्रै तीन करोडको भारतीय केरा
छठका लागि जनकपुरमा मात्रै तीन करोडको भारतीय केरा
संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन बीचको बाटो खोजिँदै
संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन बीचको बाटो खोजिँदै
सूचना प्रविधिमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याइने
सूचना प्रविधिमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याइने
वर्षमानले ऊर्जा मन्त्रालय अड्डी कसेपछि जनार्दन मन्त्री भएनन्, गिरिराजमणि पाचौंपटक
वर्षमानले ऊर्जा मन्त्रालय अड्डी कसेपछि जनार्दन मन्त्री भएनन्, गिरिराजमणि पाचौंपटक
बारको चुनाव : नयाँ अधिवक्ताले भोट दिन पाएनन्
बारको चुनाव : नयाँ अधिवक्ताले भोट दिन पाएनन्

तपाईंले छुटाउनुभयो कि?