मास्कको लागि रातिपनि लाम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २२, २०७६
|
|
३० पटक हेरिएको
Shares
मास्कको लागि रातिपनि लाम

सारांश

  • एजेन्सी, २२ फागुन ।
  • कोरोना भाइरसको संक्रमण बढेका देशमा मास्कको अभाव भएको छ ।
  • दक्षिण कोरियामा मानिसहरु मास्क खरिद गर्न रातमा समेत लाम बसेका छन् ।

एजेन्सी, २२ फागुन । कोरोना भाइरसको संक्रमण बढेका देशमा मास्कको अभाव भएको छ । दक्षिण कोरियामा मानिसहरु मास्क खरिद गर्न रातमा समेत लाम बसेका छन् ।

कोरियामा मास्क खरिद गर्न मानिसहरुको लाम राति अबेरसम्म देखिएको थियो । मास्क अभाव भएपछि कोरिया सरकारले निर्यात रोकेको छ । कोरियाली प्रधानमन्त्री चुङ सी कुनले मास्क निर्यातमा बन्देजको घोषणा गरिसकेका छन् ।

कोरियामा कोरोना भाइरसको प्रकोप भयावह रुपमा फैलिइरहेको छ । मर्नेको संख्या पनि बढिरहेको छ ।

कोरोना भाइरसका कारण मास्कको अभाव इरान, चीन जस्ता देशहरुमा पनि देखिएको छ । कोरोना भाइरसबाट बच्न सरकारले मास्क अनिवार्य गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?