पशुपतिमा सन्ध्या आरती र विशेष पूजा बन्द

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ९, २०७६
|
|
३६ पटक हेरिएको
Shares
पशुपतिमा सन्ध्या आरती र विशेष पूजा बन्द

सारांश

  • काठमाडौं।
  • कोरोना भाइरसको जोखिमका कारण आजबाट पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ।
  • पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको हो ।

काठमाडौं। कोरोना भाइरसको जोखिमका कारण आजबाट पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ। पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको हो । नियमित पूजा भने यथावत रहेको छ। सरकारले २५ जना भन्दा बढी जम्मा नहुन गरेको आग्रहपछि विशेष पूजा स्थागित भएको कोषले जनाएको छ ।

पशुपतिनाथ मन्दिरमा १ हजार १ सय रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको छ। मन्दिर वरीपरी सामान्य अवस्थामा निकै भिडभाड हुने गरेकोमा अहिले सुनसान बनेको छ। पशुपतिनाथ क्षेत्र विकास कोषले नियमित रुपमा गर्दै आएको आरति पूजालाई समेत आजदेखि स्थागित गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?