कोरोनाको संक्रमण : मृत्यु हुनेकाे संख्या ४७ हजार १ सय ९२ पुग्याे
सारांश
- काठमाडौँ ।
- कोरोना भाइरसको महामारीबाट पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९० जना संक्रमितको ज्यान गएको छ ।
- यो सँगै विश्वभर कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ९२ पुगेको छ।
काठमाडौँ । कोरोना भाइरसको महामारीबाट पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९० जना संक्रमितको ज्यान गएको छ । यो सँगै विश्वभर कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ९२ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ७६ हजार ८ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या ९ लाख ३५ हजार १ सय ९७ पुगेको छ । जसमध्ये १ लाख ९३ हजार ९ सय ८९ जना मानिस उपचारपछि घर फर्किएका छन् । र, ३ हजार ४ सय ७८ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा सबैभन्दा धेरै मानिसको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हालसम्म अमेरिकामा ५ हजार १ सय २ जना मानिसको ज्यान गइसकेको छ । जसमध्ये हिजो मात्रै १ हजार ४९ जनाको ज्यान गएको हो । हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार ३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २६ हजार ४ सय ४७ जना नयाँ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा अमेरिकामा १०४९, इटली ७२७, स्पेन ९२३, जर्मनी १५६, फ्रान्स ५०९, यूके ५६३, बेल्जियम १२३ र नेदरल्याण्डमा १३४ जनाको ज्यान गएको हो । यससँगै अन्य देशको विवतरण तलको तालिकामा उल्लेख छ । हालसम्म कोरोना भाइरसको महामारी विश्वका २०३ देश र दुई अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको छ।
प्रतिक्रिया