अमेरिकामा बाढीले बगाउँदा ९ को मृत्यु
सारांश
- अमेरिकाको एरिजोना राज्यमा भारी वर्षासँगै पहिरो जादाँ ९ जनाको मृत्यु भएको छ।
- भारी वर्षा पश्चात् आएको बाढीले बगाएर उनीहरूको मृत्यु भएको थियो।
- बाढीले बगाएको क्षेत्रबाट २ माइल टाढाको दुरीमा उनीहरूको लास फेला परेको प्रहरीले जनाएको छ।
अमेरिकाको एरिजोना राज्यमा भारी वर्षासँगै पहिरो जादाँ ९ जनाको मृत्यु भएको छ। भारी वर्षा पश्चात् आएको बाढीले बगाएर उनीहरूको मृत्यु भएको थियो।
बाढीले बगाएको क्षेत्रबाट २ माइल टाढाको दुरीमा उनीहरूको लास फेला परेको प्रहरीले जनाएको छ। बाढीले बगाएका दर्जनौको उद्दार गरिएकोको छ भने कैयौं बेपता छन्।
भारी वर्षा पश्चात् आएको भीषण बाढीका कारण उक्त राज्य प्रभावित भएको छ। बाढी पीडितहरूको उद्दार कार्यका लागि हेलिकप्टरको प्रयोग गरिएको प्रहरीले जनाएको छ।
बाढीका कारण खोला वरिपरि रहेका घरहरू डुबानमा परेका छन् भने पशु चौपाया समेत बगाएको छ। बेपत्ताहरुको खोजीका लागि उद्दार टोली खटाइएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया