उपप्रधानमन्त्री र पुनबीचको वार्ता सकारात्मक

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०८०
|
|
३५ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री र पुनबीचको वार्ता सकारात्मक

सारांश

  • काठमाडौँ ।
  • उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवं वैज्ञानिक महावीर पुन भेटवार्ता भएको छ ।
  • विभिन्न मागसहित आन्दोलनमा उत्रिएका पुन र मन्त्री खड्काबीच आज मन्त्रालयमा भेट भएको हो ।

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवं वैज्ञानिक महावीर पुन भेटवार्ता भएको छ । विभिन्न मागसहित आन्दोलनमा उत्रिएका पुन र मन्त्री खड्काबीच आज मन्त्रालयमा भेट भएको हो ।

भेटमा पुनले राख्दै आएको माग सम्बोधनका विषयमा छलफल भएको थियो । वार्तापछि कुरा गर्दैै पुनले समस्या समाधानका भएको वार्ता सकारात्मक भएको भएको र समस्या समाधानका लागि टोली गठन गर्ने विषयमा सहमति भएको जानकारी दिए ।
  
“माग सम्बोधनका विषयमा वार्ता सकारात्मक रह्यो”, पुनले भने, “उपप्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्ने विषयमा सुझाव समेत माग्नुभएको छ ।”

पुनले माग सम्बोधनका विषयमा छलपल गर्न आज बेलुका ५ बजेसम्म दुवै पक्षबाट वार्ता टोली गठन भोलिसम्ममा आन्दोलनका माग पूरा गर्ने विषयमा काम गर्ने विषयमा सहमति भएको बताए । “वार्ताका क्रममा पनि प्रधानमन्त्रीले दुई पटक फोन गर्नुभयो, अहिलेसम्म वार्ता सकारात्मक भएको छ”, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?