कोरोनाको महामारीबाट ज्यान गुमाउनेको संख्या १लाख ७७ हजार ४५९ पुग्यो
सारांश
- काठमाडौँ ।
- विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट १ लाख ७७ हजार बढी मानिसको ज्यान गएको छ ।
- यो समाचार तयार पार्दासम्म १ लाख ७७ हजार ४ सय ५९ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका हुन् ।
काठमाडौँ । विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट १ लाख ७७ हजार बढी मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म १ लाख ७७ हजार ४ सय ५९ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका हुन् ।
चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको केन्द्रबिन्दु हालल यूरोप र अमेरिका बनेका छन् । यूरोपमा मात्रै एक लाख बढी मानिसको ज्यान गनको छ। पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ६२ जना संक्रमितको ज्यान गएको छ ।
कोरोनाको संक्रमणबाट हालसम्म अमेरिकामा सबैभन्दा धेरै संक्रमित रहेका छन् भने सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । अमेरिकामा यो समाचार तयार पार्दासम्म ४५ हजार ३ सय १८ संक्रमितको ज्यान गएको छ। ८ लाख १८ हजार ७ सय ४४ जना कोरोना संक्रमित भएका छन्।
यस्तै हालसम्म स्पेनमा २१२८२, इटली २४६४८, फ्रान्स २०७९६, यूके १७३३७, जर्मनी ५०८६, इरान ५२९७, चीन ४६३२, बेल्जियम ५९९८, नेदरल्याण्ड ३९१६ र टर्कीमा २२५९ को ज्यान गएको छ। अन्य देशको विवतरण तलको तालिकामा उल्लेख छ।
प्रतिक्रिया