संविधान संशोधन विधेयक सर्वसम्मतिले स्वीकृत

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २८, २०७७
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
  • सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा ‘हुन्न’ भन्ने आवाज सुनिएन ।
  • बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा ‘हुन्न’ भन्ने आवाज सुनिएन ।

बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । सभामुखले स्वीकृत भएको घोषणा गर्दा सदनमा तालीको गडगडाहट चलेको थियो । स्वीकृतिसँगै विधेयकमा संशोधन भएमा पेश गर्न सांसदहरुलाई ७२ घण्टाको समय उपलब्ध भएको छ ।

सो विधेयकमा विचार गरियोस् भनी मंगलबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गरेका थिए । मन्त्री तुम्बाहाङ्फेले सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकामा खुशी व्यक्त गर्दै संविधान संशोधनसँग जोडिएका अन्य विषयवस्तुमा आगामी दिनमा छलफल गरिने बताईन ।

उनले सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको र सबै दल र सांसद एक ठाउँमा उभिएको पाउँदा सबै नेपाली प्रसन्न भएको उल्लेख गरिन् । उनले भने,“हामी हाम्रो भूमि फिर्ता लिएर भोगचलन गरेरै छाड्छौँ ।” प्रतिनिधिसभाको अर्काे बैठक यही आज बुधबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. गोविन्द केसी प्रकरणले यसरी खुल्यो डा. बाबुराम भट्टराईको चेत
डा. गोविन्द केसी प्रकरणले यसरी खुल्यो डा. बाबुराम भट्टराईको चेत
दीपिका पादुकाेणका २५ मध्ये १५ फिल्म १०० करोड क्लबमाथि
दीपिका पादुकाेणका २५ मध्ये १५ फिल्म १०० करोड क्लबमाथि
‘लकडाउन’को असर : मालबाहक सवारीमा लुकिछिपी यात्रा
‘लकडाउन’को असर : मालबाहक सवारीमा लुकिछिपी यात्रा
नगर प्रहरीबाट दमन हुँदा सामाजिक परिचालक घाइते !
नगर प्रहरीबाट दमन हुँदा सामाजिक परिचालक घाइते !
नेपालको आज अग्नी परीक्षा, भुटानसँग जित्नै पर्ने दबाब !
नेपालको आज अग्नी परीक्षा, भुटानसँग जित्नै पर्ने दबाब !
यू-१९ महिला टी-२० विश्वकप छनौटमा जित्नैपर्ने खेलमा आज नेपाल र युएई भिड्दै
यू-१९ महिला टी-२० विश्वकप छनौटमा जित्नैपर्ने खेलमा आज नेपाल र युएई भिड्दै
असार १४ को निर्वाचनप्रति दृढ हुन आयोगको आग्रह
असार १४ को निर्वाचनप्रति दृढ हुन आयोगको आग्रह
फेरी १३ बर्षिय बालिकामाथि अर्काे बलात्कार को घटना सार्बजनिक
उपप्रधानमन्त्री उपेन्द्र यादव काण्डमा एभिन्यूज टीभीले बुझायो स्पष्टिकरण
उपप्रधानमन्त्री उपेन्द्र यादव काण्डमा एभिन्यूज टीभीले बुझायो स्पष्टिकरण
माधव नेपाल पक्षको राष्ट्रिय भेला प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको रमिता हो : थापा
माधव नेपाल पक्षको राष्ट्रिय भेला प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको रमिता हो : थापा

तपाईंले छुटाउनुभयो कि?