मेलम्चीको पानी काठमाडौँ आउँदै, पानी आउन २० देखि २१ दिन लाग्ने
सारांश
- बहुप्रतिक्षित तथा बहुचर्चित राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आइतवार पानी हालेर परीक्षण सुरु भएको छ ।
- अबको २० २१ दिनमा परीक्षण गरिएको पानी काठमाडौंको सुन्दरीजलमा आईपुग्ने छ ।
- हिजो आईतबार विहानदेखि सुरुङभित्र पानी हालेर परीक्षण सुरु गरेको आयोजनाले जनाएको छ ।
बहुप्रतिक्षित तथा बहुचर्चित राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आइतवार पानी हालेर परीक्षण सुरु भएको छ । अबको २० २१ दिनमा परीक्षण गरिएको पानी काठमाडौंको सुन्दरीजलमा आईपुग्ने छ ।
हिजो आईतबार विहानदेखि सुरुङभित्र पानी हालेर परीक्षण सुरु गरेको आयोजनाले जनाएको छ । सुरुङको गेटहरु निर्माण सम्पन्न भएपछि पानी हालेर परीक्षण सुरु गरेको आयोजनाका प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए ।
मुख्य मुहान क्षेत्र निर्माणाधिन रहेकोले बैकल्पिक रुपमा मेलम्ची खेलामै अर्कै मुहान बनाएर सुरुङमा पानी हालेर परीक्षण गरेको उनले बताए ।
अहिले अम्बाथान सुरुङमा पानी हालिरहेको छ । दैनिक दुई हजार लिटर प्रति सेकेण्ड क्षमता रहेको उक्त सुरुङमा अहिले दुई सय लिटर प्रतिसेकेण्डको दरले पानी हाली रहेको आयोजनाले जनाएको छ ।
अम्बाथान सुरुङखण्ड ८ सय मिटरमा पानी हाली मेलम्ची खोलामै पानी फकाई सुरुङको परीक्षण कार्य भईरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले बताए । २०/२१ दिनपछि सुन्दरीजलसम्म सुरुङको परीक्षण हुनसक्ने आयोजनाले आँकलन गरीएको छ । पुरै सुरुङको परीक्षण हुन डेढ महिना बढि लाग्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया