भारतले स्वीकार गर्ला त नेपालले पठाउने नयाँ नक्सा ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १८, २०७७
|
|
२४ पटक हेरिएको
Shares
भारतले स्वीकार गर्ला त नेपालले पठाउने नयाँ नक्सा ?

सारांश

  • नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्शा भारतलाई पनि पठाउने भएको छ ।
  • संशोधित नयाँ नक्शा अन्तर्राष्ट्रिय समुदाय कहाँ पठाउन लागेकोमा भारतलाई पनि पठाउने भएको हो ।
  • भुमि व्यवस्थामन्त्री पद्मा अर्यालले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै नयाँ नक्शा भारतसहित अन्तर्राष्ट्रिय समुदायलाई अगष्टको दोस्रो हप्ताभित्र पठाउने जानकारी दिएकी हुन् ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्शा भारतलाई पनि पठाउने भएको छ । संशोधित नयाँ नक्शा अन्तर्राष्ट्रिय समुदाय कहाँ पठाउन लागेकोमा भारतलाई पनि पठाउने भएको हो ।

भुमि व्यवस्थामन्त्री पद्मा अर्यालले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै नयाँ नक्शा भारतसहित अन्तर्राष्ट्रिय समुदायलाई अगष्टको दोस्रो हप्ताभित्र पठाउने जानकारी दिएकी हुन् । उनले एएनआईसँग भनेकी छिन् , हामी कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सशोधिन नक्शा युएन एजेन्सीहरुका अलावा भारतसहितको अन्तर्राष्ट्रिय समुदायलाई पठाउँदैछौं । यो प्रक्रिया यसै महिनाको मध्यसम्म पूरा हुनेछ ।

भारतले नेपालले समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्शामा विरोध गर्दा गर्दै उसैलाई नक्शा पठाउने तयारी गर्नुलाई अर्थपूर्ण मानिएको छ । भारतले यो नक्शा लिने हो या होइन चासोको विषय बनेको छ ।

यसैगरी, नयाँ नक्शा जारी भएको भन्दै संयुक्तराष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय समुदायसम्म पुठाउन लागेको भन्दै भारतीय मिडियामा प्राथमिकताका साथ खबरहरु छापिएका छन् । टाइम्स अफ इन्डियाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले युएनसम्म नयाँ नक्शा पठाउन लागेको खबर छापेको छ । तर, नक्शा युएनमा पुर्याएपनि नेपाललाई कुनै उपलब्धि हासिल नहुने दाबी गरेको छ । युएनले सीमा विवादसम्बन्धी यस्ता विषयहरुबाट आफूलाई टाढै राख्ने गरेको टाइम्स अफ इन्डियाको दाबी छ ।

अंग्रेजीमा नयाँ नक्शा ४ हजार प्रति छापिएको र अन्तर्राष्ट्रिय समुदाय कहाँ पठाउन लागिएको खबर छ । २५ हजार प्रति नेपाली भाषामा छापिइसकेको र त्यो सरकारी निकायहरुमा पठाइएको छ । प्रति नक्शा रुपैयाँ ५० मा खरिद गर्न सकिने नापी विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते, असई पक्राउ
ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते, असई पक्राउ
पाँच नम्बरका मुख्यमन्त्री पोख्रेललाई भौतिक पूर्वाधार खोज्नै हम्मेहम्मे
पाँच नम्बरका मुख्यमन्त्री पोख्रेललाई भौतिक पूर्वाधार खोज्नै हम्मेहम्मे
प्रधानमन्त्रीको चीन भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउन माग
प्रधानमन्त्रीको चीन भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउन माग
प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा फेरी अर्को उत्कृष्ट बालगीत (हेर्नुहोस् भिडियोसहित)
प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा फेरी अर्को उत्कृष्ट बालगीत (हेर्नुहोस् भिडियोसहित)
प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान
प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान
बिर्तामोडमा १२ घण्टाका लागि कफ्र्यु हट्यो
बिर्तामोडमा १२ घण्टाका लागि कफ्र्यु हट्यो
गुणस्तरीय शिक्षामा लगानी गर्न महासचिव गुटेरेसको आग्रह
गुणस्तरीय शिक्षामा लगानी गर्न महासचिव गुटेरेसको आग्रह
सुनुवाइ समितिका सदस्यलाई पेस्तोल ताकेपछि…
सुनुवाइ समितिका सदस्यलाई पेस्तोल ताकेपछि…
संस्कृत र वैदिक परम्पराको संरक्षणमा लाग्न राष्ट्रपति भण्डारीको जोड
संस्कृत र वैदिक परम्पराको संरक्षणमा लाग्न राष्ट्रपति भण्डारीको जोड
बर्नलीमाथि लिभरपुलको सहज जित
बर्नलीमाथि लिभरपुलको सहज जित

तपाईंले छुटाउनुभयो कि?