सुनको भाउ प्रतितोला १ लाख ३५ सय रुपैयाँ
सारांश
- काठमाडौ, २३ साउन ।
- नेपाली बजारमा पछिल्लो समयमा सुनको मुल्यमा बृद्धि हुँदै गएको छ ।
- कोरोना महामारी फैलिएसँगै सुनको मुल्य नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागेको हो ।
काठमाडौ, २३ साउन । नेपाली बजारमा पछिल्लो समयमा सुनको मुल्यमा बृद्धि हुँदै गएको छ । कोरोना महामारी फैलिएसँगै सुनको मुल्य नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागेको हो ।
बिहीबार प्रतितोला १ लाख २ हजार ५०० मा कारोबार भएको सुनको मुल्य शुक्रबार १ हजार रुपैयाँले वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य आज १ लाख ३ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी चाँदी पनि शुक्रबार तोलामा ६० रुपैयाँले बढेर नयाँ रेर्कड राखेको छ । आज चाँदीको मुल्य प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया