कल्पनाले आमालाई सुनाएकी थिइन्( मान्छे मारेर प्याक प्याक पारेर फालेको रहेछ, कुकुरले टाउको र खुट्टा पहिल्यायो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३०, २०७७
|
|
३७ पटक हेरिएको
Shares
कल्पनाले आमालाई सुनाएकी थिइन्( मान्छे मारेर प्याक प्याक पारेर फालेको रहेछ, कुकुरले टाउको र खुट्टा पहिल्यायो

सारांश

  • गोंगबुमा शनिबार कृष्णबहादुर बोहराको विभत्स हत्या गर्ने कल्पना मुडभरी घटनाकै राति फरार हुन खोजेको खुलेको छ ।
  • उनी गोंगबुस्थित कोठाबाट शनिबार राति नै छोराछोरीसहित निस्कन खोजेकी थिइन् ।
  • घरमा आमालाई फोन गरेर अस्पतालमा चेकजाँच गरेको र केही शारीरिक समस्या भएकाले आउँछु भनेकी थिइन् ।

गोंगबुमा शनिबार कृष्णबहादुर बोहराको विभत्स हत्या गर्ने कल्पना मुडभरी घटनाकै राति फरार हुन खोजेको खुलेको छ । उनी गोंगबुस्थित कोठाबाट शनिबार राति नै छोराछोरीसहित निस्कन खोजेकी थिइन् । घरमा आमालाई फोन गरेर अस्पतालमा चेकजाँच गरेको र केही शारीरिक समस्या भएकाले आउँछु भनेकी थिइन् ।

कल्पनाकी आमाले मेरो साथी टीभीमा भनिन्, ‘अघिल्लो दिन अस्पताल गएको र सुगर, प्रेसर युरिक एसिड थाइरड किड्नी, पित्त थैलीमा मासु पलाएको रहेछ भनी, किड्नीमा समस्या रहेछ भनिन् । मलाई गाह्रो भइरहेको छ आउँछु भनेपछि आउन त भनें ।’ शनिबार साँझ आमासँग त्यसरी कुराकानी गरेकी कल्पनाले भोलिपल्ट गोंगबुमा मान्छेको हत्या भएको घटनाबारे पनि माइतीसँग भनेकी थिइन् ।

कल्पना मुडभरीकी आमा
‘मान्छे मारेर प्याक प्याक पारेर फालेको रहेछ । कुकुरले तीन सय मिटर पर टाउको र खुट्टा समेत पहिल्याएछ । कोठा कोठामा पुलिस पनि आएको छ । सबै सामाखुशी देखि गोंगबुसम्म सिलबन्दी गरेको छ,’ कल्पनाकी आमाले छोरीको भोलिपल्ट आइतबारको भनाई उदृत गर्दै भनिन्, ‘भुराहरु पनि आत्तिएका छन् म आउँछु भनी । त्यसो भए आऊ न त भनें ।’ उनले भिनाजुको माइक्रोबसमा आउँछु भनेको र साँझ छ बजे एकैपटक अब हामी हिंड्यौं खाना बनाएर राख्नु भनेको सुनाइन् । आइतबार साँझ साँढे १० बजे एम्बुलेन्समा छोराछोरीसहित माइती पुगेकी कल्पनाले खाना खाएको समेत बताइन् ।

एक रात माइतीमा सुतेकी कल्पनालाई लिन भोलिपल्ट साँझ ६ बजेतिर प्रहरी पुगेको थियो । शुरुमा उनकी आमाले गाई किन्न मान्छे आएको भन्ठानेको बताइन् । सिभिलमा पुगेको प्रहरीले घरभित्रै नियन्त्रणमा लिएको थियो । कल्पनाकी आमाले भनिन्, ‘तपाईंहरु को हो ? के मान्छे मार्न खोज्नुभएको ? भनेंँ ।’ पछि थाहापाउनुहुन्छ भनेका प्रहरीले लानेबेला छोरीलाई के भयो ? भनी सोध्दा मलाई फसाए आमा भनेको बताइन् ।

२६ साउनको साँझ कल्पनालाई सिधै चितवनबाट काठमाडौं लगी थप बयान लिइएको थियो । २७ साउनमा उनलाई सार्वजनिक गर्दै घटनाबारे पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी गराएको थियो

(https://tokyosmyrna.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?