सुनको मूल्य फेरी एक लाख नाघ्यो
सारांश
- केहि दिनदेखि घटीरहेको सुनको मूल्य पुन स् एक लाख नाघेको छ ।
- आज (मंगलबार) भने सुनको मूल्य तोलामा नै एक हजार २०० रुपैयाँले बढेको छ ।
- छापावाला सुन प्रतितोला एक लाख ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
केहि दिनदेखि घटीरहेको सुनको मूल्य पुन स् एक लाख नाघेको छ । आज (मंगलबार) भने सुनको मूल्य तोलामा नै एक हजार २०० रुपैयाँले बढेको छ ।
छापावाला सुन प्रतितोला एक लाख ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३८० रुपैयाँ तोकिएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य मंगलबार भने उकालो लागेको छ । आज अन्तराष्ट्रिय बजारमा सुन प्रति अउन्स एक हजार ९९२ डलर मा खरिदबिक्री भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया