जन्मदिनमा पूर्व युवराज पारस शाह नयाँ गेटअपमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १७, २०७४
|
|
२० पटक हेरिएको
Shares
जन्मदिनमा पूर्व युवराज पारस शाह नयाँ गेटअपमा

सारांश

  • काठमाडौं, १७ पुस ।
  • पूर्व युवराज पारशले आइतबार आफ्नो ४७ औं जन्म दिन मनाएका छन् ।
  • उनी बस्दै आएको सुनाकोठीस्थित निवासमा छोराछोरीहरूका साथ जन्म दिन मनाएका हुन् ।

काठमाडौं, १७ पुस । पूर्व युवराज पारशले आइतबार आफ्नो ४७ औं जन्म दिन मनाएका छन् । उनी बस्दै आएको सुनाकोठीस्थित निवासमा छोराछोरीहरूका साथ जन्म दिन मनाएका हुन् । सुनाकोठी निवास पारसका भाई विकास विक्रम शाहको हो । विकास दरवार हत्याकाण्डमा ज्यान गुमाएकी अधिराजकुमारी शारदाका छोरा हुन् ।

सात रोपनी क्षेत्रफलमा फैलिएको सो निवास धीरेन्द्रकी छोरी शीताष्मा बस्दै आएकी छन् । ब्याङ्ककबाट फर्केको केही समयपछि पारसपनि बहिनीसँगै बस्दै आएका छन् ।

सुनाकोठीस्थित बंगला शीताष्मा–पारशलाई जिम्मा लगाएका विकास आफू भने महाराजगञ्जस्थित जीवनकुञ्ज पछाडिको जीरोकुञ्ज नामक आफ्नै निवासमा बस्छन् ।

केही महिना यता पारस सामाजिक सञ्जाल र सार्वजनिक स्थानहरूमा समेत सक्रिय छैनन् । लामो समयपछि जन्मदिवसमा पारस लामो कपाल र बाक्लो दारीजुँगामा देखिए ।

आफ्ना शुभेच्छुकहरूको शुमकामना ग्रहण गरिरहँदा पुत्र हृदयेन्द्र, दिदी कृतिकासँगै ठीक पारशको पछिल्तिर बसेका थिए । पिता पारशले लामो कपाल पालेका बेला ह्दयेन्द्रले चाहिँ आफ्नो कपाल रंगाएका छन् ।

जन्मदिनको उपलक्ष्यमा शुभकामना दिन पारशका झण्डै पाँच दर्जन शुभेच्छुकहरू सुनाकोठी पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?