निषेधाज्ञा बारे कुनै निर्णय भएन, आज फेरि बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १०, २०७७
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्नआज बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने नथप्ने बारे कुनै पनि निर्णय नगरेको बताइएको छ ।
  • दिउँसो ३.
  • ०० बजे शुरु भएको बैठक अबेरसम्म चले पनि कुनै निर्णय नभएको र भोलि विहान फेरि बैठक बस्ने काठमार्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्नआज बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने नथप्ने बारे कुनै पनि निर्णय नगरेको बताइएको छ ।

दिउँसो ३.०० बजे शुरु भएको बैठक अबेरसम्म चले पनि कुनै निर्णय नभएको र भोलि विहान फेरि बैठक बस्ने काठमार्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

त्यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी नरायणप्रसाद भट्टले पनि आजको बैठकबाट निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा कुनै निर्णय नगरेको र भोलि पुनः बैठक बस्ने बताउनुभयो । यस अघि भदौ ३ गते राती १२ः०० बजेबाट जारी निषेधाज्ञा बुधबार बेलुका राती १२ः०० बजेसम्मका लागि रहेको छ यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?