मन्त्रिपरिषद बैठकः मुख्यसचिव र राजदुत नियुक्तिको सम्भावना, ऊर्जामन्त्रीले कुलमानको नियुक्तिको प्रस्ताव गर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १, २०७७
|
|
२५ पटक हेरिएको
Shares
मन्त्रिपरिषद बैठकः मुख्यसचिव र राजदुत नियुक्तिको सम्भावना, ऊर्जामन्त्रीले कुलमानको नियुक्तिको प्रस्ताव गर्ने

सारांश

  • काठमाडौं, १ असोज ।
  • मन्त्रिपरिषद्को बैठक दिउँसो १२ बजेका लागि बोलाइएको छ ।
  • आजको बैठकमा केही नियुक्ति हुने भएकाले महत्वपूण हुनसक्ने बुझिएको छ ।

काठमाडौं, १ असोज । मन्त्रिपरिषद्को बैठक दिउँसो १२ बजेका लागि बोलाइएको छ । आजको बैठकमा केही नियुक्ति हुने भएकाले महत्वपूण हुनसक्ने बुझिएको छ ।

आजको बैठकमा बेलायतलगायत केही देशका राजदुत नियुक्त गर्ने सम्भावना रहेको छ । बेलायतका लागि राजदुतमा मुख्यसचिव लोकदर्शन रेग्मीलाई लगेर परराष्ट्रसचिव शंकरदास वैरागीलाई मुख्यसचिव बनाउने तयारी भएको छ । रेग्मी मुख्यसचिव कायमै रहेमा उनीभन्दा अघि वैरागी सेवानिवृत्त हुनेछन् । त्यसैले रेग्मीले राजीनामा दिई उनको स्थानमा वैरागीलाई ल्याउने गरी मिलाइएको बुझिएको छ ।

मन्त्रिपरिषद बैठकमा ऊर्जामन्त्री वर्षमान पुन अनन्तले कुलमान घिसिङको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्तिको विषय फेरि उठाउने भएका छन् । यसको संकेत उनको सचिवालयले गरिसकेको छ । प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अड्किएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि उक्त प्रस्ताव पुनले बढाएका थिए । तर, प्रधानमन्त्री ओलीले अस्वीकार गरिदिएका थिए ।(फाइल तस्वीर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?